| बिनोद खड्का, दोहा, कतार |
यात्रा छोटो थियो। जानु एक दिन आउँनु एक दिन, बीचमा एक दिन तालिम। तैपनि नगएको देशमा पहिलो पटक जाँदा रमाईलो नै हुन्छ। मलेसियाको राजधानी क्वालालम्पुरको अन्तर्राष्टि्र्य विमानस्थलमा विमान अवतरण गर्दा मलेसियाका समय अनुसार दिनको झण्डै २ बजिसकेको थियो। झण्डै साँढे सात घण्टाको उडानपछि मलेसियामाथीको आकासमा जहाज उड्दै गर्दा तलतिर देखिने हरियालीपूर्ण संसारले रमाईलो महशुस हुनथ्यो। ठूला ठूला विमानस्थलहरुमा जहाजबाट ओर्लेपछि अध्यागमनसम्म पुग्न त्यत्ति गाह्ो पर्दैन। संकेत चिन्ह पछयाउदै गएपछि ठ्याक्कै पुगिन्छ। यो विमानस्थलमा चाही अध्यागमन अर्को बिल्डिंगमा भएकोले अटो ट्रेनमा जानु पर्दोरहेछ। अध्यागमन अगाडीको लाईनमा बसेका आगन्तुकहरुका भीडका हिसाबले र लस्करै रहेका अध्यागमनका थुप्रैे डेस्कहरुले यो पनि व्यस्त विमानस्थल नै हो भन्ने प्रतित गराउथ्यो।
अध्यागमनको काम सकेर आफनो सुटकेस समातेपछि मलेसियन सहकर्मी फियोनले दिएको जानकारी अनुसार म सिधै लिमोजिन बुकिंग काउन्टरमा गए र लिमोजिन बुक गरे करिबन ७० मलेसियन रिंगिट तिर्ने गरेर। सफा र चिटिक्क परेको लिमोजिनले तिव्र गतिमा शहरतिरको यात्रा शुरु गर्यो। मरुभूमिको शहरबाट गएको मान्छेलाई सडक वरिपरिको हरियाली र पर पर देखिने पहाड औधि रमाईलो पो लाग्दो रहेछ त। झण्डै एक घण्टाको तिव्र कुदाईपछि कार मेरो बुकिंग भएको होटल हाईड्र्ो म्याजेस्टिक क्वालालम्पुर (नोभोटेल) को प्रागंणमा पुगेर रोकियो। होटलको चेक ईन सकेर रुममा पुग्दा झण्डै दिनको ४ बजिसकेको थियो।
कम्पनीले नै होटेल बुकिंग गरिदिने र त्यो पनि स्टार होटेलमा गरिदिने, एयरपोर्ट र होटेलबिचको यातायात खर्च पनि भरिदिने हुनाले यहाँको कम्पनीबाट अफिसियल काममा विदेश यात्रामा निक्लदा हामी कर्मचारीहरुले कुनै अपठ्याराहरु भोग्नु पर्दैन। खाना खर्च पनि मनग्गे नै दिएको हुन्छ। त्यसैले कसले वास देला कता वास पाईएला र खर्च पुग्ला नपुग्ला कति बचाउन सकिएला भनेर कुनै चिन्ता नै गर्नु पर्दैन।
होटेलका झयालबाट शहरको पर पर सम्मका सुन्दर द्धष्यहरु देख्न सकिनथ्यो। द्धष्यहरु कैद गर्नको लागि मेरो नोकिया मोबाईल एन ७३ को क्यामेराले काम पाईहाल्यो। मैले होटेलको झयालबाट भेटेसम्मका फोटोहरु खिचे। यसैबिच मैले हाम्रो स्थानिय कार्यालयकी सहकर्मी फियोनलाई फोन गरे। तर तिनी मिटिंगमा भएको जानकारी पाए। त्यसपछि मैले मेरा पुराना मित्र युवराज अधिकारीलाई फोन सम्पर्क गरे। उनी बंैकमा कुनै काममा व्यस्त रहेछन। कल व्याक गर्ने जानकारी दिए उनले।
मलाई यो क्वालालम्पुरको सडकमा हिड्ने रहरहरु पलाएको थियो। तर फोन पर्खनु पनि वाध्यता थियो। म प्रतिक्षारत थिए साथीहरुको फोनको। मलाई एकातिर मेरा रहरहरुले धकेलीरहेको थियो भने अर्कोतिर साथीहरुको कलको प्रतिक्षा गर्नुको विकल्प पनि थिएन। मेरा लागी पहिलो कुरा मेरो भोली तालिम संचालन हुने होटेल मेण्डारिन ओरिएन्टल होटेलको स्थान पत्ता लगाउनु थियो। यद्यपि मलाई दिएको पूर्व सूचना अनुसार यो तालिम संचालन हुने होटेल म बसेको होटेलवाट पैदल दुरीमा नै छ भन्ने थाहा थियो तर दिशा पत्ता लगाउनु भने जरुरी थियो।
केही समयपछि मित्र युवराज आईपुगे। उनका साथमा थिए बिजु मुखिया जो बताइए अनुसार त्यहँा अध्ययनको सिलसिलामा रहेका थिए। हामीहरु सिधै टिवन टावरतिर लाग्यौ जो यहाँको मात्र नभई विश्वमा नै पेट््रोनास टिवन टावरको नामले पनि चर्चित छ। बाटोमा नै पर्दोरहेछ मेण्डारिन ओरिएन्टल होटेल, यो होटेल पत्ता लगाउने काम पनि पुरा भयो। हामी करिबन १० मिनेटमा नै पेट््रोनास टिवन टावर परिसरमा पुगिसकेका थियौं। ८८ तलाको यो टावर निश्चय नै विशाल थियो जहाँ चढ्नको लागी सुने अनुसार प्रतिदिन १ हजार भिजिटरहरुलाई मात्र अनुमती दिईन्छ। सुने अनुसार निश्चित तलासम्म मात्र भ्रमण गर्न पाईन्छ। त्यसकारण यसमा जाने कुरा समयका हिसाबले मेरा लागी सम्भव थिएन। टावरहरुको तल्लो भागमा सुरिया केएलसिसि सपिंग कम्पलेक्स रहेछ। टावरहरुको तलपटिृ करिबन १७ एकड जमिनमा फैलिएको छ केएलसिसि गार्डेन र गार्डेनमा रहेको छ सुन्दर र सफा पोखरी र पोखरीको बिचमा पानीमा कृत्रिम फोहराहरुको व्यवस्था गरिएको रहेछ। यीनै फोहराहरुमा लाईटिंगको व्यवस्था गरिएको रहेछ जुन रातको समयमा असाध्यै आकर्षक देखिनथ्यो। सन १९९२ मा निर्माण शुरु भएर सन १९९८ मा पुरा भएका यी टावरहरु सन १९९८ देखि २००४ सम्म संसारकै सबभन्दा अग्लो टावर कहलिएका थिए। २ टावरहरुको ४१औं र ४२औं तलाहरुलाई जोड्ने गरी बनाइएको पुल यसको थप आकर्षण हो। टावर वरीपरी घुम्ने र केएलसिसि गार्डेनमा फोटोहरु लिने कार्यक्रम भयो। टावरको तलपटिृ पोखरीको डिलमा भर्खरै सम्पन्न भएको संगित कार्यक्रमको झलक देख्न सकिनथ्यो जुन कार्यक्रम बेईजिंग ओलम्पिकको टर्च बाहकहरुको स्वागतमा गरिएको बुझिनथ्यो।
एभतचयलबक त्धष्ल त्यधभचक धभचभ तजभ धयचमिुक तबििभकत दगष्मिष्लनक ाचय्क ज्ञढढड तय द्दण्ण्द्ध।
फोटो साभार स् विकिपेडिया डट ओआरजि
आजभोली मध्यपूर्वका तेल निर्यातक मुलुकहरुमा विशालकाय टावरहरु निर्माण गर्ने होड चलेको भएता पनि क्वालालम्पुरको पेट््रोनास टिवन टावर पनि भनिने यी टिव्न टावरहरु निश्चय पनि पर्यटक र आगन्तुकहरुका लागी सुँन्दर र आकषर्णका केन्द्र बिन्दु झै लाग्दथे। युवराजजीले बोलाएको गाडीले आउँन निकै समय लगाएको र हामीसंग समय पनि कम भएकोले नेपाली रेष्टुरामा गएर रात्री खाना खाने कार्यक्रम रद्ध भई अब वसबाट नै हामीहरु उनकै आवासतिर लाग्यौ। युवराजजीको आवासमा सन्जयभाईले बनाएको स्वादिष्ट खानाले नेपालमा घरमै खाने गरेको खानाको याद दिलायो।
भोलिपल्ट बिहान ८ बज्न लागेको थियो। म होटेलबाट निक्लन तयार भईसकेको थिए। मैले सोचे तालिम केन्द त ९ बजे त पुग्ने हो पहिले स्थानिय कार्यालयमा गई साथीहरुसंग भेटघाट गर्नु पर्यो। फेरी के सोचे एकपटक तालिमस्थलमा फोन गर्नु पर्यो भनेर गरेको त भन्छ तालिम शुरु भईसक्यो रे। मैले तुरुन्तै कार्यक्रम परिवर्तन गरी तालिम केन्द रहेको होटेल मेण्डारिन ओरिएण्टलतिर हतार हतार लागिहाले। कडा सुरक्षा व्यवस्था भएको यो होटेलमा अन्य थुपै कार्यकमहरु संचालन भईरहेका देखिन्थे। मलाई आफनो तालिम कक्ष पत्ता लगायन त्यत्ति गाह्ो परेन। भीड भाड देखिने त्यो तलामा थुपै अन्य कार्यकमहरु संचालन भईरहेका देखिन्थे। पर्यटन क्षेत्रसंग सम्बद्द व्यक्ति भएकोले मेरो लागी यी द्दष्य कुनै नयाँ नभएता पनि मिटिंग, कन्फरेन्स, प्रर्दशनी जस्ता पर्यटनका उत्पादनहरुका सवालमा अरु देशका होटेलहरु भन्दा नेपालका होटेलहरु पछि परेको महशुस हुनु निश्चय पनि सान्दर्भिक थियो।
एउटा अमेरिकी संस्थाले मलेसियामा आयोजना गरेको यो तालिममा विभिन्न देशका कम्पनीहरुका कर्मचारीहरुको प्रतिनिधित्व थियो। मैले कतारको कम्पनीका तर्फवाट भाग लिईरहेको थिए। आयोजक र्संस्थाले सोही होटेलका मार्फत प्रदान गरेको ब्रेकफास्ट, लन्च तथा चिया कफी ब्रेकहरु उत्कृष्ट थियो। यो तालिममा आफनो कम्पनीका तर्फवाट फुर्तिलो सहभागिता जनाउन पाउँदा औधि खुसी लागेको थियो। आयोजक संस्थाका प्रतिनिधिहरुको लागी म र मेरो कम्पनी आर्कषणको केन्द्र बनेको सहजै महशुस हुनथ्यो। यस अर्थमा यो तालिम म र मेरा कम्पनीका लागी पूर्ण रुपले सफल भएको मान्न सकिनथ्यो।
तालिम समापन पछि मलाई आफनो स्थानिय कार्यालय खोज्न ख्याल मूश्किल परेको थिएन। जे होस मैले केही समय भए पनि सहकर्मीहरु फियोन र जुलियासंग भलाकुसारी गर्ने मौका पाएको थिए।
पूर्व निर्धारित कार्यक्रम अनुसार म यतिखेर होेटेलमा बसेर युवराजजीलाई प्रतिक्षा गरिरहेको थिए। हाम्रो वटु केभ जाने कार्यक्रम थियो। साँझको यो समयमा बाहिर पानी परिरहेको थियो। पानी ठूलो पनि थिएन र सानो पनि थिएन। सडकमा सवारी साधनहरु ज्ााममा फसेको प्रष्ट देखिनथ्यो। सायद यही झरीको कारणले होला युवराजजी आउन अलि ढिला भएको। केही समयमा नै युवराजजी र बिजु भाई आईपुगे। हामीहरु भीडभाड सडकबाट यो बढ्दै गएको झरीमा खुल्ला सडकतिर निक्लेर गाडीमा तिव्र वेगका साथ वटु केभतिर लाग्यौं। हामी त्यहाँ पुग्दा मन्दिर परिसरको मूख्यद्दार बन्द गरिनै लागेको थियो। यो रातमा गुफाभित्रको कुमारजीको मन्दिरमा जान सक्ने कुनै सम्भावना नै थिएन। त्यसैले त्यहाँभित्र वरीपरी रहेका मन्दिरहरु र कूमारजीको ठूलो मूर्ती घुम्नुमा नै सिमित रह्यो मेरा चाहनाहरु। सानो पहाडको काखमा रहेको यो धार्मिकस्थल साह्ै सुन्दर देखिनथ्यो।
वटु केभवाट फर्केपछि हामी सिधै आजको लागी बन्द हुनै आटेको एउटा सपिंग सेन्टरमा पस्यौं र केही लत्ता कपडा खरीद गर्यौ। त्यहाँवाट एउटा दालभात पाईने रेष्टुरामा गएर अलिकति खाना खायौ।
म होटेल फर्कदा रातको करीब ११ वजिसकेको थियो। भोली बिहान साढे ३ बजेको उडान भेटृाउन १ बजे एयरपोर्ट पुग्नै पर्यो। एयरपोर्ट पुग्नको लागी टेक्सीमा करिबन १ घण्टा त लाग्दो रहेछ। यसको अर्थ होटेलबाट १२ बजे त हिड्नु परिहाल्यो। बाहिर सिमसिम पानी परिरहेकै थियो। टेक्सीको व्यवस्था अहिल्यै नै गर्नु जरुरी देखिनथ्यो। त्यसैले मैले होटेलको मूख्यद्धारमा बसेर पाहुनाहरुलाई सहयोग र स्वागत गर्ने र आफुलाई नेपाली भन्न रुचाउने तर नेपाल र नेपाली भाषाको सामान्य ज्ञान पनि नभएको (त्यही होटेलमा काम गर्ने एक अर्का नेपालीका अनुसार पनि उँ नेपाली भएको जानकारी नभएको बुझियो ) एउटा केटालाई मलाई सकेसम्म सरल दरमा टेक्सीको व्यवस्था गर्न भने। उसले नभन्दै लागे सक्दो गरेर सरल दरमा नै एउटा टेक्सीको व्यवस्था गरिदियो। प्याकिंग गर्नु त के थियो र सबै ठीकठाक नै थियो।
रातको १२ बजे म होटेलवाट टेक्सीमा एयरपोर्ट हाँनिदा पानी झमझम नै पर्न थालेको थियो। टेक्सी तिव्र गतीमा हुँईकिईरहेको थियो। सडकमा दायाँ बायाँ मोड्दा सडकको पानी पर पर सम्म फालेको सुनिईरहनथ्यो। मनमा डर पनि लागिरहेको थियो र पनि गाडीको गती घटाउन भन्न पनि मन लागिरहेको थिएन। लाग्दथ्यो कि यो आधा रातमा झमझम परिरहेको पानीले चिप्लो भएको सडकमा तिव्र गतिमा गुडिरहेको गाडी दायाँ बायाँ मोड्दा पनि दुर्घटना हुन सक्छ र यदी दुर्घटना भयो भने गाडी सडकबाट बाहिर पुग्ने छ र धेरै बेरसम्म अरुले थाहा नै पाउन सक्ने छैनन। मैले सम्झे जति भगवानको नाम लिए र सकुशल यात्राको लागी प्रार्थना गरिरहे। मनमा अनेक कुराहरु खेल्दा खेल्दै म एयरपोर्टको प्रस्थान कक्षको अगाडी पुगिसकेको थिए र ड््राईभर मलाई गाडीबाट झर्न संकेत गर्दै थियो। मलेसियाबाट मलेसियाको समय अनुसार बिहानकोे करीबन पौने ४ बजेतिर उडेको जहाज एउटा लामो दूरी पार गर्दै कतारको समय अनुसार बिहान ६ बजेतिर दोहा अर्न्तराष्टि्र्य विमानस्थलमा उत्रिएको थियो।
मलेसियाको यो छोटो र संक्षिप्त भ्रमण मैले सोचे भन्दा बेग्लै र राम्रो थियो। धेरै पटक सिंगापुर पुगे पनि सिंगापुरसंगै टाँसिएको यो मुलुक पहिलो पटक पुगिएको हो। सोचेभन्दा धेरै राम्रो रहेछ यो देश। पूर्ण विकसित एयरपोर्ट, सडकहरु, अग्ला भवनहरु, हरियाली सबै देख्न सकिदो रहेछ।
दोहा फर्केकै दिन मैले मेरो नोकिया मोवाईलको क्यामेरामा रहेको फोटोहरु डाउनलोड गर्न थाले। मलाई केही समय कोठामा विश्राम गरेर अफिस पनि जानु थियो र साथसाथै मलेशियामा कैद गरिएका तस्विरहरु हेर्न पनि त्यत्तिकै उत्सुकता जागि रहेको थियो। त्यसैले ल्यापटप खोलेर फोटो डाउनलोड गर्न थालिहाले। डाउनलोडिंगका क्रममा कम्पुटरले मोवाईलवाट ट््रान्सफर भएको फोटोहरु मोवाईलमा डिलिट गर्ने हो भनेर सोध्यो मैले हतारमा एस थिचिदिए। डाउनलोड पुरा भयो। मैले ल्यापटपको फोल्डरमा गएर फोटो खोलेको त त्यहाँ त एउटै पनि फोटो थिएन। मोवाईलमा फर्केर हेर्दा त्यसमा पनि एउटा पनि फोटो थिएन। मलाई साह्ै दिक्क लाग्यो। मलाई अरु भन्दा पनि पेट््रोनास टिवन टावरको छेउछाउ र वटु केभमा खिचिएका फोटोहरु हराएकामा असाध्यै दूख लागेको थियो। पछि मित्र युवराजले उनको एन ७३ मोवाईलमा खिचिएका केही तस्विरहरु पठाईदिएपछि भने केही आनन्दी मिलेको थियो। हतपतको काम लतपत भनेको यही रहेछ। यो मेरो जीवनमा अविस्मरणिय घटना र भविष्यको लागि एउटा राम्रो पाठ भएको छ।