Wednesday, November 12, 2008

गजल - " परीक्षाको सिँढी चड्दा "

नोभेम्बर ०९, २००८
परीक्षाको सिँढी चड्दा प्रमाणपत्रको खात लाग्यो
जागिरको खोजी पस्दा आफ्नै प्रयासले मात खायो।

हुनेले जागिर खायो जागीरसंगै के के पायो
नहुनेले दौडधुपसंगै निकम्माको बिल्ला लायो।

बेरोजगारको तक्मा भिर्दा आफ्नै घर बिर।नो भयो
तिखा बचन सह्दा सहनशीलताको खोल नै फाट्यो।

अरुले के के भने त्यो त सुनिएन त्यति सारो
प्रियसीको बचन बाण निक्लन भयो अति गारो।

भट्ट र मकै संग महिको स्वाद बेग्लै हुन्छ

पुरुषोत्तम सुबेदी, बेल्जियम
नोभेम्बर १०, २००८

उकाली ओरलीको थकान -खाजाको साटो भट्ट र मकै संग महिको स्वाद बेग्लै हुन्छ ।

दसैं तिहार चाड पर्वमा रमाइ -तौले -लिंगे-रिङटे पिङमा मच्चिनुको स्वाद बेग्लै हुन्छ ।।

भरी घांसको डोको चौपारिको बिस्राम-पिपल पातको आवाजमा गायको गीतको स्वाद बेग्लै हुन्छ

सक्रांन्तिको मेला भेट भयको बेला-कौरा रोधी सालैजो र मादल मुर्चुङगा संग तरुलको स्वाद बेग्लै हुन्छ ।।

सासकले जनताको लागि-सान्ती र जन जिविकाको ग्यारेन्टिका लागि गरेको पहलको स्वाद बेग्लै हुन्छ ।

दियर खाने - बोलायर हास्ने - बिवेकी मनको समाज मा बाच्नुको स्वाद बेग्लै हुन्छ ।।

होली पर्वमा बर्षउ बन्द बोलचाल-रातो अबिर लगाइ बोली फुकाउने दुई मित्रको मिलनको स्वाद बेग्लै हुन्छ ।

जवानीको उमङग संगै संस्कार र संस्कृतिको जनाउ दिने-पहिरन र पोसाक को स्वाद बेग्लै हुन्छ ।।

सुशासन भ्रस्टचार रहित नेपाली समाजमा -नेता हुनुको स्वाद बेग्लै हुन्छ ।

लुट घुसखोरी तस्करी गुण्डागर्दी - बेईमानीहरुको समाजमा राग बेग्लै हुन्छ ।।

मुर्ख र गुण्डा बिच बलत्क्रित -एउटा म्रित आत्मा संग आउने काल बेग्लै हुन्छ ।

लोक लाई हजम नहुने संकार संग मेल नखाने - गीत संगितको ताल बेग्लै हुन्छ ।।

मनमा छुरा बोकी नक्कली साईनो संग मडारिने -सेलफिसको बोली बेग्लै हुन्छ ।

सामन्ती प्रब्रितीको फटाहा अल्छि मानिस - समाजमा सधैं एक्लै हुन्छ ।।

प्यासले तिर्खायको पल -कुवा झरनाको पानी अन्जुलीको सुर्की को स्वाद बेग्लै हुन्छ ।

संगै बाच्ने संगै मर्ने वाचामा - बांधीएको दुई मुटुको जिवनमा बाच्नुको स्वाद बेग्लै हुन्छ ।।

बिधिको बिडम्बना

- सुनिता गिरी, हङकङ

म सानै हुदाँ मलाई मेरी हजुरआमाले हुर्काउनु भयो , बढाउँनु भयो।राणा शासन भन्दा पनि चर्को शासन झै मेरो घरको बुर्हातनले गर्दा र आमाको ब्यस्तताले गर्दा मैले आमा बाट भन्दा हजुरआमाबाट वात्सल्य स्नेह बढी पाएँ।काखमा राखेर खाना खुवाउँने , पिठयुमा बोकेर वल्लो घरको आगन देखि पल्लो घरको आगन सम्म डुलाउँदा डुलाउँदै म हजुरआमाको पिठयुमा नै निदाउँथे। समय बित्दै जाँदा म पनि अलि बुझ्ने भएँ , स्कुले जिवन सुरु भयो। हजुर आमाले मलाई वहाँको बिगत जिवन र एकादेशका कथा हरुले मेरो मनमष्तिष्क भरी दिनु भएको थियो। वहाँकै आर्शिबाद र आत्मियतामा मेरो बाल्यकाल अति सुखमय भएर बित्दै थियो। समय बितेको पत्तो नपाई पढाईमा पनि सफल हुदै मैले एस एल सिपरीक्षामा फस्ट डिभीजन ल्याएँछु।त्यसबेला हजुरआमा खुशिले आखाँबाट आँशुका दाना झार्दै मलाई फूलको माला र निधारमा रातो टिका लगाईदिएर आर्शिबाद माथि प्रगतिका शुभकामनाहरु अंजुलीभरी दिनुभएथ्यो। मेरो हजुरआमा सेतो केश भएकी , चन्द्रमा जस्तो उज्वल मुहार भएकी ,लाठीको सहारामा भित्र बाहिर गर्नु हुन्थ्यो।

म सानै देखि जीब र जन्तु प्रति चासो लिने भएकोले पशुविशेषज्ञ सम्बन्धी पढने उदेश्य लिएर विदेश लाग्ने निधो भयो।म हिड्ने बेलामा आखाँ भरी आँशु पारेर ढोकामा चुपचाप उभिरहनु भएको थियो। म सबै परीवार संग बिदा भएर आफनै लक्ष्य प्रति केन्द्रित हुदै प्रदेश लागँे ।म हिडने बेलामा हजुरआमाको वाक्यहरु मुखबाट ननिस्के पनि वहाँका आँखाहरुले आर्शिवादको बर्षा गरिरहेको भान हुन्थ्यो।मैले आँखामा आँखा जुधाएर हेर्ने आटँ गर्नै सकिन , यसरी म बिदेस लागेँ। बिदेश लागे पछि म मेरो पढाई र ट्रेनिङमा ब्यस्त भएँ। मैले चार बर्षको टे्रनिङ सकेर बिदेसमा नै रामो्र काम गर्ने मौका पाएँ।लामो समयको अन्तराल पश्चात गाउँघर,परीवारको मायालाई शिरोपर गरी छोटो समयको लागी म नेपाल आएँ। मेरो पर्खाइमा मेरो ढुकढुकी बनेर बस्नु भएकी मेरी हजुरआमा ले मलाइ अघाउन्जेल मायाले सुम्सुमाउनु भयो। छोटो समयको बसाइ पछि म पनि फर्कने दिनहरु नजीक आइरहेको थियो।

सायद यही पीरले होला हजुरआमा बिरामीनै पर्नु भयो। मलाइ जतिबेला पनि आफनै छेउमा बसीदीए हुन्थ्यो जस्तो गर्नु हुन्थ्यो।तर के गर्नु समय र परिस्थितिको चपेटामा परे पछि धरै नपाइने रहेछ। मुटु माथि ढुङगा राखी फेरी म बिदेशिन बाध्य भएँ। यात्रा भरी नै आँखा ओभानो भएन।झल्झली परीवार र बृद हजुरआमाको सम्झनाले पीरोलिरह्यो।प्लेनबाट ओर्लेर मनमा नानाभाँतिका कुराहरु खेलाउँदै कोठामा पुगँे।कोठाको चाबी खोलेर भित्र पसी पलङमा ढल्केको मात्र के थिएँ,फोनको घण्टी टिनिनि टिनीनी बज्यो , म फोन भए तिर लम्किए कुनै साथिको फेान होला भनेर तर बिधिको बिडम्बना मैले हेलो मात्र के भनेको थिए पल्लो घरको कान्छा बा ले बाबु हजुरआमाले हामी सबैलाइ छाडेर सदाको लागी जानु भयोभन्नु भयो। अनि म स्तब्ध भएर रोइरहेँ रोइरहेँ , मेरो रुवाइको कुनै अर्थनै रहेन जे हुनु थियो त्यो हुने नै रहेछ बिधीको बिडम्बना यस्तै नै होला सायद।त्यसैले होला आजभोली कुनै बृद महिला देख्दा पनि उनै मेरी प्यारी हजुरआमाको यादले सताउँछ।

कतारमा नेपाली कथानक चलचित्र "सपना हो की विपना" को शुभमुहूर्त


कतारमा पनि नेपाली चलचित्रहरुको छायाङ्कन एवं फिल्म निर्माणको क्रम बढिरहेको अवस्थामा फेरी अर्को नेपाली कथानक चलचित्र 'सपना हो की विपना' को अक्टोबर २४ शुक्रबार एक कार्यक्रम आयोजना गरी कतारको अलखोर पार्कमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत गुरुङले नरिवल फुटाई शुभमुहूर्त गरी सुरुवात गरियो ।


कतारमा दुःख पाएका नेपालीहरुको घटनालाई चलचित्रमा उतार्ने र गुरुङको संस्कृतिमा आधारित कथावस्तुलाई समेटेर निर्माण गर्न लागिएको यस चलचित्रको छायाङ्कन २५ प्रतिशत कतारमा र ७५ प्रतिशत छायाङ्कन नेपालको लमजुङ्ग, कास्की, तनहुँ, स्याङ्जा आदि जिल्लाहरुको गुरुङ बस्तीहरुमा गरिने कुरा निर्माता कृष्ण गुरुङले बताउनु भयो ।

भेष गुरुङ, रविन तमू, हर्क तमू, राजन तमू, जितु तमू, द्रोण तमू, कृष्ण तमू, टौमाया तमू आदि कलाकारहरुले कतारको छायाङ्कनमा अभिनय गर्नेछन् । अन्य कलाकारहरु भने नेपालमा निर्णय गरिने कुरा निर्माता भेष तमूले बताउनु भयो ।

कृष्ण तमू, भेष तमू र ओम थापा मगर निर्माता रहेको यस चलचित्रको गीत टङ्क लिम्बु र भक्त लुङ्गेली मगरले संगीत तयार पारेका छन् भने धेरै म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका अनुभवी निर्देशक अमृत थापा मगरले यस चलचित्रको निर्देशन गर्नेछन् ।

यस चलचित्रको ब्यवसायिकताका ध्यानमा राख्दै गुरुङहरुको संस्कृतिलाई संरक्षण गर्नमा थप मद्दत पुग्ने कुरामा आशावादी रहेकाले सबै नेपालीहरुको मन जित्न सफल र भरपुर मनोरन्जन दिन सक्ने चलचित्र बनाउन सफल होस् भन्ने शुभकामना उपस्थित अतिथिहरुले दिएका थिए । यसरी शुभकामना दिनेहरुमा कान्तिपुर साप्ताहिक प्रवास प्रकाशनका श्याम सुन्दर शशी, , तमू साँस्कृतिक परिवारका अध्यक्ष बिमल गुरुङ, तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन गुरुङ, नेत्र गुरुङ, बुधबल गुरुङ हुनुहुन्थ्यो ।

तमू संस्कृतिमा आधारित बन्न लागेको यस चलचित्रको कतारको छायाङ्कनमा भने तमू बौद्ध सेवा समिति कतारले विशेष सहयोग पुर्žयाउने कुरा तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन गुरुङ र तमू साँस्कृतिक परिवार कतारका अध्यक्ष विमल गुरुङले बताउनु भयो ।

राजकुमारी सम्पदा

बबिता बस्नेत

बगैंचामा लास... लौ न, बगैंचामा स्वास्नीमान्छेको लास...

एकाएक माली चिच्याएपछि दरबारभरि सनसनी फैलियो। अनुहार घोप्टो परेकोले तत्काल चिन्न कसैले सकेन। मानिसहरू जम्मा हुँदै गएपछि भीडबाट कसैले भन्यो― सम्पदा सरकार! लौन सरकारलाई के भयो?

बगैंचामा लडिरहेको स्वास्नीमानिसको मृत शरीरलाई ठूलो सुरक्षा घेराबीच एम्बुलेन्समा राखेर अस्पताल लगियो। उनलाई नजिकबाट चिनेका र उनको जिन्दगीको वास्तविकता बुझेकाहरूले पनि यसै हो भन्न सकेनन्। नेपाल देशकी एउटी राजकुमारीको कथा हो यो। कथा यसरी सुरु भएको थियो।

बाइपङ्खी घोडा लिएर एक दिन राजकुमार आउनेछन्... मुस्कुराउँदै हातभरि फूलका गुच्छा र अँगालाभरि माया बोक्दै हाम्री राम्री राजकुमारीलाई भेट्नेछन्... परीको भेषमा घोडामा चढाएर लानेछन्... राजकुमारलाई भेटेपछि राजकुमारीले मलाई बिर्सनेछिन्... म दुःखी मन लिएर यही बगैंचाको वरिपरि घुमिरहेकी हुनेछु...। धाईआमाले यति भनिसकेपछि मुख थुनिदिँदै राजकुमारीले भनिन्― नाइँ... त्यसो भन्न पाइन्न... म आमालाई बिर्सिन्न। त्यतिबेला धाईआमाले भन्थिन्― हेरौंला...!!

दिन बित्दै जाँदा राजकुमारी ठूली हुँदै गइन्। केटीहरू मात्रै पढ्ने स्कूलमा उनको पढाइ शुरु भयो। धाईआमाले प्रत्येक बिहान काखमा राखेर बगैंचा नजिकको बाटो देखाउँदै भन्न छोडेकी थिइनन्― ऊ... त्यही बाटो भएर एकदिन राजकुमार आउनेछन्... सलक्क परेको शरीर... मायालु मुहार... फूलैफूलको बीचमा मेरी राजकुमारीलाई दुवै हातमा समातेर भन्नेछन्― राजकुमारी सम्पदा, म तिमीबिना एक्लो-एक्लो भएको छु, तिमीबिनाका हरेक क्षण मेरा लागि शून्य-शून्य भएका छन्, तिमीलाई भेट्न म कति अधीर थिएँ भन्ने कुरा कसरी बताउँ्क?

आफूले जानेबुझ्ेदेखि यही संवाद सुनेर हुर्किएकी राजकुमारी किशोरावस्थामा भने अलि प्रतिवाद गर्न थालेकी थिइन्― तपार्इं सधैं यसो भन्नुहुन्छ, खै त राजकुमार अहिलेसम्म आएनन्? उमेर र कक्षा बढ्दै गएपछि साथीहरू आ-आफ्ना ब्वाइफ्रेन्डको कुरा गर्न थाले, उनी उही राजकुमारको प्रतीक्षा! धेरै पछि थाहा भयो― यो देशमा कुनै राजकुमार उनलाई लिन आउने छैनन्, किनभने यहाँ एउटै राजा र तिनका छोरा, आफ्नै दाजुभाइ, मात्रै राजकुमार छन्। यो वास्तविकतालाई आत्मसात् गर्न उनलाई निकै समय लागेको थियो।

फुपूहरूको विवाह प्रायः भारतमा भयो― राजपूत खान्दान या पूर्वराजा-महाराजाका सन्तानसँग। जिन्दगीलाई बुझन थालेपछि असहज लाग्ने धेरै कुरा देखिए। दाजुभाइहरू कुनै पनि बेला दरबार बाहिर निस्किन र भित्र छिर्न सक्थे, उनी भित्रै अत्यन्त कडा अनुशासनका बीच रहन्थिन्। साथीहरूसँग कहीँ जाँदा पनि ठूलो र सम्भ्रान्त लाग्ने वा ठानिने परिवारमा मात्रै जान पाउँथिन्, सर्वसाधारणका घरमा जान सक्दिनथिन्। आफ्नै देशका गाउँघर, वन-जङ्गल, खोला-नाला, भीर-पहरा उनका निम्ति अपरिचित थिए। स्कूल, पढाइ, दरबारमै शिक्षिका आएर पढाउने ट्युसन, चाडबाडमा बाबुआमाको सामीप्यता, अरू बेला उही धाईआमा, सुसारे केटीहरू र त्यही बगैंचा भएर उनको किशोरावस्था बित्यो।

केटाहरू मन नपरेका होइनन्। कोही आफन्तका विवाहमा, कोही स्कूले साथीकहरूकहाँ, कोही राजकीय समारोहहरूमा भेटिन्थे, तर उनीसँग आँखा जुध्नेबित्तिकै सबै आँखा झ्ुकाउँथे। राजकुमारीसँग सामीप्यता बढाउनु उनीहरूका लागि रोमाञ्चकारी जोखिम हुनसक्थ्यो। त्यसैले उनीसँगको भेट अत्यन्तै प्रिय लागे पनि प्रेम अभिव्यक्त गर्ने हिम्मत कसैले जुटाउन सकेनन्। आफ्नो राजकुमारको छवि केही केटाहरूमा उनले पक्कै देखेकी थिइन्, तर ती एक झ्लकमै सीमित रहे। सम्बन्ध भन्ने कुरा एउटा देखभेटमै अगाडि बढ्ने पनि होइन।

एक्लै हुँदा प्रायः उनी उही राजकुमारको बारेमा सोच्ने गर्थिन्। जीवनमा पुगीसरी आएपछि सोच्ने कुरा धेरै हुँदैनन्। एकदिन धाईआमासँग उनले सोधिन्- आमा, खै मलाई भेट्न राजकुमार आएनन् त? आमाले भनिन्― अब चाँडै आउनेछन्, सरकारहरूबाट हुकुम भएको― हजुरको विवाहको कुरा चलिरहेको छ रे।

मेरो विवाह? कोसँग? आश्चर्य मान्दै उनले भनिन्। आफूले जिन्दगी बिताउने कुरा आफैंलाई थाहा नहुँदा नरमाइलो लाग्यो। पछि फेरि चित्त बुझाइन्― हाम्रो खुसीले यहाँ के नै पो चल्छ र? के अर्थ राखेको छ र? महारानी सरकारको इच्छा महाराजको इच्छामा कैद छ। मुमा, जिजुमुमा महारानीहरूको चाहना पक्कै बुबा, जिजुबुबा सरकारहरूमै निहित थियो होला। भोलि भाउजू महारानीहरू भित्रिनेछन्, उनीहरूले पनि मेरा राजकुमार दाजुहरूको इच्छामा आफ्नो जिन्दगी समर्पण गर्नुपर्नेछ। पशुपतिको मन्दिरमा जान उनीहरूले तीज पर्खिनुपर्नेछ। राजकीय समारोहहरूमा चिटिक्क परेका पुतलीझै बनेर सहभागी हुनुपर्नेछ। मनमा जे भए पनि अरूका अगाडि मुसुक्क मुस्कुराउनु उनीहरूको धर्म हुनेछ। म राजकुमारी यो दरबारको मान, मर्यादा र अदब नै मेरो कर्तव्य हो। यसबीचमा यस्ता थुपै्र कुरा बुझ्िसकेकी थिइन् उनले। विवाहको निम्ति कुरा छिन्ने समारोहमा आफ्नो जीवनसाथी देख्दा झ्सङ्गै भइन्। खै बझ्ाङ, बाजुरातिरका पहिलेका राजाका सन्तान रे, फुपूज्यूहरू एकातिर बसेर कुरा गरिरहेका थिए। छोटो-छोटो कदको, मुस्कुराहट पनि व्यङ्ग्यझै लाग्ने तिनलाई देखेपछि उनको सपनामा पहिरो मात्रै गएन बाल्यकालदेखि वरिपरि घुमिरहेको राजकुमारको मृत्यु पनि भयो।

कुरा छिनेको दिनदेखि नै दरबारमा तिनलाई कुमार रूपकका नामले पुकार्न थालियो। कुरा छिनेदेखि राजकुमारीको हाँसो हराएको महसूस गरिरहेकी धाईआमाले एक साँझ् भनिन्― सम्पदा महारानी, कुमारसाहेव हेर्दा त्यति राम्रा नभए पनि मनको एकदमै राम्रो होइबक्सिन्छ जस्तो छ। दुःख नमानिबक्स्योस्, हजुर खुसी होइबक्सिन्छ। त्यसअघि आमा महारानीले पनि भनेकी थिइन्― राजकुमारी सम्पदा, केटा राम्रै हो भन्ने सुनिएको छ। तिम्रो इच्छाअनुसारको महल बन्नेछ। चाहेका सुसारेहरू लान पाउनेछ्यौ। दुःख हुनेछैन।

सानैदेखि आफूअगाडि आउने राजकुमारको छविको मृत्यु स्वीकार्न उनलाई निकै समय लाग्यो। आफ्नोपन र पे्रम होइन, मलाई डर लागिरहेको छ आमा, एक साँझ् सम्पदाले धाईआमासँग भनिन्। उनी आमा महारानीसँग भन्दा खुलेर कुरा गर्थिन् धाईआमासँग। आफूले बाल्यकालदेखि देखाइदिएको सपनाप्रति ग्लानिबोध भइरहेको थियो धाईआमालाई। तैपनि भनिन्― माया त सँगै बसेपछि हुने हो, अब कुमार रूपक नै हजुरको पे्रम हो, जिन्दगी हो।

राजकीय शानसँग राजकुमारीको विवाह सम्पन्न भयो। दरबारको विशाल कम्पाउन्डमा चरणबद्ध रूपमा विभिन्न पेशा र व्यवसायका मानिसहरूलाई छुट्टाछुट्टै निमन्त्रणापत्र गए। विभिन्न प्रकारका फूलहरूसहित धुपीका रूखले झ्पक्कै ढाकेको दरबार परिसरमा भएको पार्टीमा कुनै कुराको कमी रहेन। राजकुमारीलाई उनकै नाममा निर्माण गरिएको सम्पदा सदनमा भित्र्याइयो। विवाहको पहिलो रात आम दुलहीहरूलाई जस्तै राजकुमारीका निम्ति पनि सङ्कोच, भय, उत्साह लिएर आएको थियो। कुमार रूपक भित्र पसेपछि उनले मुस्कुराएर भनिन्― राजहोस् न। रुखो आवाजमा ठीक छ भन्दै छ्यानमा पल्टिएर उनले राजकुमारीसँग जे-जे गरे त्यसमा कुनै आफ्नोपन भने भएन।

रूपकका निम्ति मनोरञ्जन बनेको सुहागरात राजकुमारीका निम्ति पीडादायी बन्यो। राति दुईजनाबीच खासै कुरा भएन। उनले यति भने, दरबारको अदप राख्न सकिएन भने अन्यथा नलिइयोस्। त्यो रात बाल्यकालदेखि आफ्नो मनमा धाईआमाले राखिदिएको राजकुमारले ढोकाबाट छिर्नासाथ मुस्कुराउँदै हात समातेर छुँदा पनि दुख्ला कि झ्ैं गरेर सतर्कतापूर्वक बिस्तारो-बिस्तारो स्पर्श गर्दै हजुर त मेरो जिन्दगी हो सरकार भनेको कुराहरू सम्झ्िएर उनले अनिँदो रात बिताइन्।

बिहान रूपक ढिलो उठे, गुडमर्निङको आदान-प्रदानपछि उनलाई लाग्यो― एटिच्युड नै खराब भएको मान्छेचाहिँ होइन जस्तो छ, जसरी भए पनि मैले अपनाउनु नै छ। विवाहको पहिलो हप्ता भोज, दुल्हन फर्काउने आदि कुराको रमझ्ममै बित्यो।धाईआमाबाहेक

उनलाई कसैले उनी खुशी छन्, छैनन् भनेर कसैले सोधेन। यस्तो सुविधासम्पन्न घर, मोटर, सुसारे, नोकरचाकर, धनसम्पत्तिजस्ता सम्पन्नताबीच कोही दुःखी हुनसक्छ भनेर कसैलाई लाग्ने कुरा पनि भएन। राजकुमारी आफैंलाई पनि त्यति दुःख महसूस भएको थिएन, यद्यपि जिन्दगी सम्झ्ौता हो भन्नेचाहिँ शुरुको दिनमै लागेको थियो।

दिनहरू बित्दै गएपछि राजकुमारीलाई जीवन सम्झौताभन्दा अलि बढी नै लाग्न थाल्यो। दरबार या अन्य नातेदारका घरमा हुने पार्टीहरूमा कुमारसाव नम्र र संयमित रूपमा प्रस्तुत हुन्थे। राजकुमारीलाई सम्बोधन पनि सरकार भनेरै गर्थे। तनावपूर्ण रातहरू चाहिँ स्वाभाविक जीवनशैली बनिसकेको थियो। मदिरा पिएपछि कुमार सुत्न दिँदैनथे। मदिरा नपिएको दिन हुँदैनथ्यो। पिएपछि प्रायः उनका शब्दहरू उस्तै-उस्तै हुन्थे― तैंले के भन्ठानेकी छेस् आफूलाई, म पनि आफ्नो ठाउँको राजाकै छोरा हुँ...! राजकुमारीले केही भनेकी हुन्नथिन्, आफैंमा कम्प्लेक्स भरिएको थियो उनको दिमागमा। राजकुमारीका दिदीबहिनी पनि थिए। नजिकै बस्थे पनि, तर उनले आफ्नो दुःख कहिल्यै बाँडिनन्। बाबुआमा र दाजुभाइले यो कुरा थाहा पाए भने केसम्म गर्लान् भन्ने भयले उनले मौनता साँधिरहिन्।यसैबीच

उनका छोराछोरी जन्मिए। पहिलोपटक गर्भवती हुँदा उनलाई लागेको थियो, पे्रमबिनाका सम्बन्धहरूबाट त छोराछोरी नभइदिएको भए हुन्थ्यो नि! तर, बच्चा पाएपछि सुखद् अनुभूति नै भयो। तिनीहरूलाई आफ्नो बाँच्ने सहाराका रूपमा लिइन्। पारिवारिक र अन्य समारोहहरूमा उनी हाँसिरहेकी हुन्थिन्, तर मन हाँस्न सकेको थिएन। शारीरिक दुर्व्यवहार र कुटपिट सहनु नयाँ कुरा थिएन।

हुँदाहुँदा कतिसम्म भयो भने, एकदिन कुमारसावका केही गाउँलेहरू उनलाई भेट्न सम्पदा निवास आइपुगे। त्यस्तै ११ बजेको हुँदो हो, बिहानदेखि नै रूपक मदिरामा रमाइरहेका थिए। गाउँलेहरूले दर्शन टक्र्याएपछि उनले राजकुमारीलाई बैठककक्षमा बोलाए। राजपरिवारको त्यत्रो शान, सौकत छाएको बेला राजकुमारीलाई भेट्न पाइनेभो भनेर गाउँलेहरू खुसी भए। उनी आएपछि सबैले उठेर दर्शन मात्र के भनेका थिए, रूपकले लात्ताले राजकुमारीको पछाडिको भागमा हाने। गाउँलेहरूको जीउ सिरिङ्ग भयो। राजकुमारी रुँदै भित्र गएपछि उनले भने, देख्यौ, तिमीहरूले सोचेका होलाऊ, म राजाकी छोरी विवाह गरेर उसको अण्डरमा बसेको छु। तर होइन, मैले यसलाई यसैगरी राखेको छु। उनी बोलिरहे पनि वातावरण स्तब्ध बनेको थियो। केही छिनपछि गाउँलेहरू उठेर हिँडे, बाटोमा कसैले भन्यो, खै मलाई त आफ्नै दिदीबहिनीमाथि अत्याचार भए जस्तो लाग्यो। कसैले त्यस्तो दृश्य देख्दा पनि केही गर्न नसकेकोमा ग्लानि प्रकट गरे।

बिस्तारै-बिस्तारै आमा र दिदीबहिनीले उनको तनावपूर्ण सम्बन्धको खोजी गर्न थाले। एक दिन त मुख फोरेरै सोधे पनि। सधैँ कहाँ तयार हुन सकिन्छ र?, शुरुमा उनले यति मात्रै भनिन्। केही दिनपछि बिस्तारै भनेकी थिइन्- एउटै कुरा दोहोर्‍याइरहेको र जतिबेला पनि मनपरी बोलिरहेको मलाई एकदमै मन पर्दैन। जब म सुत्न खोज्छु, उसले के-के भन्न शुरु गर्छ। आनन्दले सुत्न पाउनु पनि सपनाजस्तै भएको छ।

छ्यानको सम्बन्ध नै तनावको प्रमुख कारण भएको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो। सँगै बस्न सक्ने अवस्था नरहे पनि छुट्टिन उनलाई दरबारको इज्जतले दिँदैनथ्यो। त्यसैले त्यतातिर उनले सोच्ने हिम्मतसम्म पनि गरिनन्। तर, बेलाबेलामा मनमा लाग्थ्यो― यदि म साधारण परिवारकी छोरी भएकी भए आफ्नो जिन्दगीका बारेमा सोच्न सक्थें, पर्दाभित्रका सम्बन्धहरूलाई जबर्जस्ती लुकाउनुपर्ने थिएन। यता, समारोहहरूमा उनलाई देख्ने उनकै उमेरका कतिपय महिलाहरू भने कल्पना गर्थे― म पनि यस्तै राजकुमारी भएकी भए...!

दिनहरू बित्दै गए, छोराछोरी हुर्कंदै जाँदा उनलाई तिनका अगाडि चाहिँ लोग्ने नकराइदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो। तर, अभ्यस्त बानी छुट्न सजिलो थिएन। धेरैजसो अवस्थामा उनलाई लाग्थ्यो― हाम्रो मानसिक स्तर नै मिलेन। तर जे-जस्तो भए पनि राजकुमारीले कुमारलाई अपनाउने कोशिश भने गरिरहिन्।

यता बच्चादेखि राजकुमारीलाई सपना देखाउने धाईआमाको मृत्यु भयो। त्यसअघि नै आमा महारानी र बुबा महाराजको मृत्युले उनलाई एक्लो झ्ैं बनाइसकेको थियो। छोराछोरी र नातिनातिनाहरू थिए, तर उनीहरूसँग सबै कुरा खुलेर गर्न सक्दिनथिन्। उनका अत्यन्तै लामो जिन्दगीका दिन र रातहरू कहिल्यै आङमा घाम नलागी बिते। फुलेको कपाल, जीर्ण शरीर र अधुरा सपनाहरू लिएर एकदिन उनी आफ्नो माइतीघरको उही पुरानो बगैंचामा पुगिन्। कुनैबेला जिन्दगीको रोमाञ्चकारी सपना देखाउने त्यो बगैंचा र ती फूलहरू फुङ्ग उडेका आकृति झ्ैं लागे। उही आकार, प्रकार र रङमा प्रकृतिभन्दा बाहिर जान नसकेर धेरै निराशाहरूबीच पनि जबर्जस्ती फक्रिरहेका। राजकुमारीलाई आफ्नो जीवन र ती फूलहरूबीच तुलना गर्न मन लाग्यो।

बगैंचामा बूढा रूखहरू छक्रक्क परेर हिउँद काटिरहेका थिए। ती बाल्यकालमा उनले देख्दा झै कल्कलाउँदा बिरुवा र फक्रँदा फूलहरू थिएनन्। कठ्याङ्ग्रिँदा हिउँद हुन् या मुसलधारे वर्षा, तिनले फुल्नै पर्थ्यो। उनको पनि रहरलाग्दा सपनासहितको कल्कलाउँदो बैंस जिन्दगीको बाटोमै कतै छोडिएको थियो, पीडादायी सम्बन्धका बीच पनि छोराछोरी भएका थिए। टुक्रिएर जति कोशिश गर्दा पनि जोडिन नसकेको मन र थकित शरीर लिएर उनी पनि आफू जाने दिनहरू पर्खिरहेकी थिइन्।

स्वर्गीय बाबुआमा, शुरु नै नभई सकिएका जीवनका आकाङ्क्षा, आफूलाई अत्यन्त माया गरेर हुर्काउने धाईआमा, जिन्दगीभर अपनाउन कोशिश गरिरहेको आफ्नो पति, समग्रमा उपलब्धिविहीन जिन्दगी...! सोच्दासोच्दै उनलाई आकाश घुमेझै भयो। बगैंचाका फूलहरू र्तिर-पर्तिर गर्न थाले। त्यो धर्मरका बीच उनले यति मात्रै भन्न पाइन्- हे ईश्वर अब मलाई अपनाऊ!!