Wednesday, November 12, 2008

बिधिको बिडम्बना

- सुनिता गिरी, हङकङ

म सानै हुदाँ मलाई मेरी हजुरआमाले हुर्काउनु भयो , बढाउँनु भयो।राणा शासन भन्दा पनि चर्को शासन झै मेरो घरको बुर्हातनले गर्दा र आमाको ब्यस्तताले गर्दा मैले आमा बाट भन्दा हजुरआमाबाट वात्सल्य स्नेह बढी पाएँ।काखमा राखेर खाना खुवाउँने , पिठयुमा बोकेर वल्लो घरको आगन देखि पल्लो घरको आगन सम्म डुलाउँदा डुलाउँदै म हजुरआमाको पिठयुमा नै निदाउँथे। समय बित्दै जाँदा म पनि अलि बुझ्ने भएँ , स्कुले जिवन सुरु भयो। हजुर आमाले मलाई वहाँको बिगत जिवन र एकादेशका कथा हरुले मेरो मनमष्तिष्क भरी दिनु भएको थियो। वहाँकै आर्शिबाद र आत्मियतामा मेरो बाल्यकाल अति सुखमय भएर बित्दै थियो। समय बितेको पत्तो नपाई पढाईमा पनि सफल हुदै मैले एस एल सिपरीक्षामा फस्ट डिभीजन ल्याएँछु।त्यसबेला हजुरआमा खुशिले आखाँबाट आँशुका दाना झार्दै मलाई फूलको माला र निधारमा रातो टिका लगाईदिएर आर्शिबाद माथि प्रगतिका शुभकामनाहरु अंजुलीभरी दिनुभएथ्यो। मेरो हजुरआमा सेतो केश भएकी , चन्द्रमा जस्तो उज्वल मुहार भएकी ,लाठीको सहारामा भित्र बाहिर गर्नु हुन्थ्यो।

म सानै देखि जीब र जन्तु प्रति चासो लिने भएकोले पशुविशेषज्ञ सम्बन्धी पढने उदेश्य लिएर विदेश लाग्ने निधो भयो।म हिड्ने बेलामा आखाँ भरी आँशु पारेर ढोकामा चुपचाप उभिरहनु भएको थियो। म सबै परीवार संग बिदा भएर आफनै लक्ष्य प्रति केन्द्रित हुदै प्रदेश लागँे ।म हिडने बेलामा हजुरआमाको वाक्यहरु मुखबाट ननिस्के पनि वहाँका आँखाहरुले आर्शिवादको बर्षा गरिरहेको भान हुन्थ्यो।मैले आँखामा आँखा जुधाएर हेर्ने आटँ गर्नै सकिन , यसरी म बिदेस लागेँ। बिदेश लागे पछि म मेरो पढाई र ट्रेनिङमा ब्यस्त भएँ। मैले चार बर्षको टे्रनिङ सकेर बिदेसमा नै रामो्र काम गर्ने मौका पाएँ।लामो समयको अन्तराल पश्चात गाउँघर,परीवारको मायालाई शिरोपर गरी छोटो समयको लागी म नेपाल आएँ। मेरो पर्खाइमा मेरो ढुकढुकी बनेर बस्नु भएकी मेरी हजुरआमा ले मलाइ अघाउन्जेल मायाले सुम्सुमाउनु भयो। छोटो समयको बसाइ पछि म पनि फर्कने दिनहरु नजीक आइरहेको थियो।

सायद यही पीरले होला हजुरआमा बिरामीनै पर्नु भयो। मलाइ जतिबेला पनि आफनै छेउमा बसीदीए हुन्थ्यो जस्तो गर्नु हुन्थ्यो।तर के गर्नु समय र परिस्थितिको चपेटामा परे पछि धरै नपाइने रहेछ। मुटु माथि ढुङगा राखी फेरी म बिदेशिन बाध्य भएँ। यात्रा भरी नै आँखा ओभानो भएन।झल्झली परीवार र बृद हजुरआमाको सम्झनाले पीरोलिरह्यो।प्लेनबाट ओर्लेर मनमा नानाभाँतिका कुराहरु खेलाउँदै कोठामा पुगँे।कोठाको चाबी खोलेर भित्र पसी पलङमा ढल्केको मात्र के थिएँ,फोनको घण्टी टिनिनि टिनीनी बज्यो , म फोन भए तिर लम्किए कुनै साथिको फेान होला भनेर तर बिधिको बिडम्बना मैले हेलो मात्र के भनेको थिए पल्लो घरको कान्छा बा ले बाबु हजुरआमाले हामी सबैलाइ छाडेर सदाको लागी जानु भयोभन्नु भयो। अनि म स्तब्ध भएर रोइरहेँ रोइरहेँ , मेरो रुवाइको कुनै अर्थनै रहेन जे हुनु थियो त्यो हुने नै रहेछ बिधीको बिडम्बना यस्तै नै होला सायद।त्यसैले होला आजभोली कुनै बृद महिला देख्दा पनि उनै मेरी प्यारी हजुरआमाको यादले सताउँछ।

No comments: