Wednesday, December 17, 2008

"निष्ठूरी माया"

गजल - "निष्ठूरी माया" - बिनोद खड्का, कतार

दिसेम्बर १४, २००८ 


प्रेमको प्याला बोकी तिमै्र ढोका धाएँ
बदलामा तिरष्कारको तीतो जवाफ पाएँ।
 
निष्ठूरी तिमी जस्तो अर्को मैले देेखिन
मेरो माया यस्तो होला कहिल्यै सोचिन।
 
गाँउघर नजर डुल्थे तिमीलाई नै खोज्थे
छनौटको लाईनमा तिमीलाई नै रोज्थे।
 
सपनाको संसारमा तिमीलाई नै देख्थे
विपनामा तिमी पाउन देउतालाई भाक्थे।
 
यस्तै होला नियती मैले कहिल्यै सोचिन
धोका खाई बसेको छँु बिर्सन नि सकिन। 

Tuesday, November 25, 2008

काँढा

बिनोद खड्का
हाल ः दोहा कतार



काँढा

मार्ने र मर्ने खेल
कहिल्यै सकिएन
शान्तीका कुरा गर्थे
कहिल्यै देखिएन ।



सत्ताको गुलियोमा
सबै लठृ पर्ने
कहिले भित्र कहिले बाहिर
उनकै खेल चल्ने ।



चक्का जाम र बन्दले
देश नै खाने भयो
आरोप र प्रत्यारोपले
कान नै टट्यायो ।



मण्डले प्रवृत्ति
देशकै नासो भयो
आसेपासे पाल्ने चलन
मौलाउन थाल्यो ।



निमुखा जनताका
दिन कहिल्यै आउला
सोचेका होईनन बिचराले
फेरी आतंक नै छाउला ।



अब कसको भर पर्ने
कसलाई असल मान्ने
पलायन नै निर्णय
कहिल्यैसम्म चल्ने ।


Sunday, November 23, 2008

नारी

पुरुषोत्तम सुवेदी



सुगन्धले भरीपूर्ण छेउ तिमी हर पल

दुर्गन्धमा मडारियकी छेउ तिमी पल पल

मुर्ख लाई अमृत बांडेकी पनि छेउ तिमी

सत्जनको दोहोलो काढेकी पनि छेउ तिमी



मायाले संसार ढाकेकी छेउ पनी तिमी

बिवसतामा बिस बांडेकी छेउ पनि तिमी

बुझ्न सके अमृत सबकी हौ पनि तिमी

बुझ्न नजाने सबैकि बिस हौ पनि तिमी



तिमी बिनाको जीवन अधुरै अधुरो सबको

अन्जान बेला बखतमा बिसै बिस हौ सबको

विद्वान पनि तिम्रै तापको रछानमा छन सबै

चन्डाल पनि तिम्रै आडको सहारामा छन सबै



कल्प ब्रिक्ष को सुरिलो हरियो बोट हौ तिमी

कतै फल फल्छेउ त कतै बिस फल्छेउ तिमी

उन्मत्त बैंस र काजल सब थोक होइन तिम्रो

दुर्गन्धको बास आउन क्षेण भर लाग्दैन तिम्रो



महलकी रानी भई सजियकी छेउ कतै तिमी

सडककी बेस्या भई भजियकी छेउ कतै तिमी

छातीमा अंम्रित बोकेकी दयालु छेउ पनि तिमी

सन्तानको रहरले दिसापिसावमा डुबेकी छेउतिमी



हरपल हर क्षण सबकी कतै धढकन हौ पनि तिमी

शुबिधा भोगी कतै बिलक्षिणी चडकन् हौ पनि तिमी

तिमी बिनाको संसार लाग्दछ सबै लाई सुनसान

फेरी पनि अबुझ सठकि भई रहेकी छेउ अपमान



तिम्रो महिमा गरेर सकिदैन कतै कहिलेइ पनि

शुभोभित छेउ जगत भरी रात दिन जहिले पनि

Thursday, November 20, 2008

१९८४ नोभेम्बर ३ यात्रा स्मरण र मानव हत्या

पुरुशोत्तम सुबेदी -बेल्जियम

कहिले काही कुनै समयका केही महत्वपूर्ण पल वा क्षणहरु ले मानस पटलमा डेरा जमाउछन । मानिसको जीवनमा बिर्सनै नसकिने गरी कुनै त्यस्तो दिन गुज्रिरहेको हुन्छ । जुन संबन्धित ब्यक्तीको नेरा फेरा सपनामा पनि कहिले काही स्मरण हुने गर्छ । नेपालका सासक हरुको अब्यवस्थित सत्ता संचालनको मारमा लाखौं बेरोजगार नेपाली रोजगार को सिलसिलामा भारतमा कार्यरत छन । रोजगारकै सिलसिलामा म पनि भारतको नयाँ दिल्लीमा येक्लै एउटा सानो जागिरमा संलग्न थियं । सानो जागिरले श्रीमती पाल्न धौ हुन्थ्यो त्यती बेला दिल्लिमा । सिकारु ड्राइभर भनौं वा पाको खलांसी मेरो दैनिकी त्यस्तै थियं त्यस ताका । मैनाको ३६० भारु मेरो तनखा थियो । यो त स्टेन्डर्ड जागिर थियो त्यस बेला । त्यस ताका सबै नेपाली फेक्ट्रिमा २४० भारु मा काम गर्थे । सुदुर पस्चिमेलिहरु कोही राती बस्ती वा कलोनिमा चौकिदार गर्थे रात भरी गल्ली गल्लिमा डण्डा ठटायर हिड्थे बिचरा । त्यहा अहिले पनि त्यही स्थिती छ । तनखामा फेर बादल भयो होला तर काम मा कुनै फेर बादल भयको छैन । बिगत डेढ दसक देखी माओवादी जन युद्धको मारले अत्यधिक मात्रामा भारतमा पलायन भयका नेपालीहरुलाई एक स्टेप तल घटेर काम गर्नु परेको छ भारतमा र कुनै संमान पनि छैन यतिखेर । बरु दुई दसक पहिले केही सन्मान थियो नेपालीहरुको । त्यस ताका मेरा मालिक (बाबुजी) भनिने महाबिर सिंह चौधरी ले मलाई क्रमस ड्राइभरको कार्यभार को जिम्मा दिन थालेका थिय। म पनि नयाँ ड्राइभर नयाँ जोस खुब प्यारो थियं मालिक महाबिर सिंहको । दिल्ली नदेखेको नेपाली कमै होलान शायद अहिले । दिल्लिको आजादपुर सब्जिमन्डी आजाद्पुर चोक लाल बत्ती नेर त्यस ताका खाली जगा थियो । त्यसै ठाउमा (पब्लिक कैरियर अल गुडस् )भाडाका सबारी बाहन को अड्डा थियो । म त्यस स्थान मा एउटा माटाडोर चार पांग्रे गाडीको ड्राइभर हुन पुगे । खलासी हुंदादेखी ड्राइभर सम्म मेरो डेरा वा बिस्तारा भनेको त्यसै गाडीको ड्राइभर सिट पछाडि राखियको टुलनै थियो । राम्रो संग खुट्टा पसार्न पनि नमिल्ने र दाँया बाँया पनि फर्कन नमिल्ने मेरो बिस्तरा तिर्पाल को सिरानी र ओढ्नेको नाउमा एउटा मैलो कंबल थियो । दिन भरी गाडी चलायो सांझ पख स्ट्यान्डमा गाडी उभ्यायो अनी ढावामा गयो चार रोटी दल फ्राइ खायो अनी ५०१ बिडिको सर्का संगै तिर्पाल को सिरानी जिन्दाबाद ।

तर जे होस शान्त र आनन्द थियो नेपालीहरुको दिनचर्या । सधैं झैं एक दिन बिहानै एक जना ब्यापारि आयो र मलाई भन्यो -हं भाई जाना है ? मैने कहा कहाँ जाना है ? उसने बोला सोनिपथ । तो मैने फेर कहा क्या लेके जाना है या उधरसे कुछ लेकर आना है । तो उसने बोला इधर से खाली जाना है और उधरसे गमलेका फुल का पौदा लाना है बोल कितना भाडा लेगा ? मैने बोला १२५ रुपय । जल्दी से उसने हां करदिया ।और मै भि जल्दिसे हात मुंह धोकर बगल के चाय वालेको २ कप चायको आडर् दिया । और चाय चुइ पिकर हम दोनो आजाद्पुर से सोनिपथ कि ओर चल् पढे ।

त्यो दिन १९८४ नोभेम्वर ३ तारिख थियो । सधैं झै सुर्य को उदय र अस्त झै त्यस दिन पनि मधुर सुर्यको धुपले दिन सितल थियो । दिल्ली पन्जाब बिजी हाइवे खाली गाडी तेज स्पिडमा ४० मिनेटमा सोनिपत को गाउमा कृषि फारममा पुगियो । गेट खोलेर गाडी फारम को भित्र लगाइ दियं । ब्यापारि मेरो गाडीको पछाडिको ढाला खोलेर आफ्ना मजदुर लाई फुल का गमला गाडीमा लोड गर्न अडर् दिदै थियो । म नजिकै को ढावाको चार पाइमा गयर बसे । समय निकै लाग्यो बिरुवा लोड हुन । झन्डै दिनको चार बज्यो बल्ल गाडी लोड भयो । ब्यापारि ले १२५ रुपय भाडा दियो दिल्लिमा अन्लोड गर्ने ठेगाना पनि दियो गाडिको नम्बर नोट गर्�यो र हातमा चलानी थमाउदै लो भाई मुझे फुर्सद नही है आप अकेले जा सकते है उसले मलाई दिल्ली पठाइदियो । झन्डै ३ टन वजन बोकेर म हरियाणाको सोनिपथ गाउ बाट दिल्ली तर्फ लागे । केही बेर पछी मेन रोड मा निस्किएं रोड सुन्सान थियो । मलाई गजव लाग्यो दिल्ली पन्जाव को बिजी रोड एक्कासी सुन्सान देख्दा । तैपनी म बिस्तारै दिल्ली हरियाणा बर्डरमा आई पुगे । बेरियल मा पुग्न नपाउदै एक हावाल्दार ले हात उठायो मैले गाडी स्लो गरें नजिकै पुगेर भने हावाल्दार साप क्या बात् है ? उसको जवाफ थियो अरे मर्ना है तो आगे बढ नही तो वापस जा । मैले कुरै बुझिन फेरी शोधें किउ क्या होगया ? उसले च्याट्ठिदै भन्यो अरे इन्दिरा मारी गई आगे जायगा तो तु मरजायगा । मलाई पनि एक्कासी झस्का पस्यो इन्दिरा गान्धी प्रधान मन्त्री जस्तो मान्छे मारीइ भन्ने सुन्दा एकदम नतमस्तक भएं र गाडी ब्याक गरी पुन सोनिपथ फिर्ता पुगें । ब्यापारि लाई पहिले नै थाहा भाईसकेको रहेछ मुझे मालुम था भाई तुम वापस आजाओगे । धुर्त ब्यापारि गाडी पास भय समयमा आफ्नो माल दिल्ली पुग्ने नभय पनि खासै कुनै असर नपर्ने भयको हुनाले मलाई जानकारी नदीइ आफु डरले त्यही बसेको रहेछ । उता इन्दिरा गान्धिको बढी गार्ड ले इन्दिरा गान्धी लाई हत्या गरे पछी सारा इन्डियामा रक्तपात मच्चियको रहेछ । आफु त हरियाणाको गाउ मा न परीयो खासै त्यो दिन राती पनि केही थाहा भयन । मेरो गाडीभाडामा लियको ब्यापारि निकै डरायको थियो । मलाई भने त्यो रात इन्दिरा गान्धी को हत्याले कुनै डर भयको अनुभव भयन । मेरो साहुले भर्खरै मात्रा मुन्ना पंजाबी संग किनेको मैले चलाऊने गाडीमा जयमातादी लेखियको थियो । त्यो रात त्यस ब्यापारिले मलाई एउटा सुझाव दियको थियो -आप अपने गाडीके जय मातादिको मिटाना भाई अच्छा ? मलाई अझै पनि दिल्ली मा के भई रहेको छ थाहा छैन । बिहान बल्ल ब्यापारिले भन्यो देखो भाई तुम हिन्दू हो मै सिख हुँ तुम्हारा हमारा कोही दुस्मनी नही है । आल इन्डिया मे हिन्दू और शिख का लडाईं होरहा है य बहुत बुरी बात् है इस बखत मै बहुत दुखी हुँ । आप इस बखत दिल्ली जाओगे तो आगेका जयमातादी को मिटाना नही तो इस गाडी और तुम्को साथ जलजाओगे । मैले पनि मेरो गाडीको अगाडि लेखियको पंजाबी अक्षर डिजल् र खस्रो कपडाको सहायता बाट मेटायं । अनी खाली गाडी लियर दिल्ली हुइकियं । त्यती बेला सम्म गाडी चल्न सुरु गरेका थिय । जब जब दिल्लीनजिक पुगें तव जिन्दगीमा यि दुई आँखाले अचम्मका द्रिस्य देख्न थाल्यो । कतै प्याज को ट्रक र सरदार जलिरहेको छ कतै पेट्रोल पम्प जलेका सव हरु छन ।( डि टि सि )दिल्ली परीवहन निगम का बस त कती हो कती जलेर खरानी छन । सरदार का फ्याक्ट्रिहरु जलेका थिय । दिन दहाडै सरदारका छोरी श्रीमती बलत्�कृत हुँदै छन अनी मारीदै थिय । झुग्गी मा बस्ने बिहारी लुटेरा सरदार मार्ने र लुट्नेमा ब्यस्त देखिन्थे भने सरदार ले ज्यान जोगाउन का खातिर आफ्नो दारी खौरन नाइ लाई हजारौ रकम दिदा पनि नाइ कै छुरी गलामा रेटेको देखियो । मानव अधिकार को हनन खुद राजिव गान्धी बाट पनि भयको थियो त्यस बखत । जब म दिल्ली आई पुगें मलाई पुलिसले ईशारा गर्�यो गाडी यता मोड भनेर । जव म पुलिस नेर पुगे यक जना पुलिस मेरो गाडीमा बस्यो गाडी अगाडि बढाउन आदेस दियो अली पर थुप्रै मरियाका सरदार नेर लागि गाडीको ढाला खोली भट्टा भट डेथबडी लोड गरी मसान घाट तिर जान ईसारा गरेको संझना अझै आँखा वारी परी घुमिरहन्छ । त्यस समय २४ घण्टा अझै पुगेको रहेन छ । राजिव गान्धी ले रेडियो संचार माध्यम बाट २४ घण्टाके अन्दर जितने भि शिख है खतम करदो भनी बोलेका रहेछन । दिल्ली बम्बै मा रगत को खोलो बग्यो । उता सरदार को पकड एरिया पंजावमा थुप्रै हिन्दू हरुको हत्या गरी एक रेल मा भरी दिल्ली पठाइ च्यालेन्ज दियको सुन्दा अझै अचम्म लाग्यो । त्यस रेल मा थुप्रै नेपाली हिन्दू मरियाका थिय भने थुप्रै सिख ज्यान जोगाउन नेपाल भित्रियका पनि थिय । स्मरण रहोस अहिले नेपाल मा बिजनेस गरी बसेका सरदार त्यती बेलै आफ्नो ज्यान जोगाउनका वास्ते नेपाल भित्रियका हुन । कतिले त घुस खुवायर नेपाली पास्पोर्ट बनाइ युके र जर्मनी छिरेछन । मैले जर्मनिमा २ वटा सरदार को प्रत्यक्ष नेपाली पास्पोर्ट देखेको छु । एसरी इन्दिरा गान्धी मारिदा नेपाल एअर पोर्टमा बस्नेले थुप्रै घुस लियर अबैध नागरिकता बांढी भारतय मुल्का मानिसहरु बिदेस पठायको यथार्थ छुपेको छैन ।

राजनीति दाउपेचमा ज्यादै नराम्रा अमानविय घटना घटेका छन विश्व सामु । पंजवलाई खालिस्तान नदिनु र दमन गर्नु इन्दिरा को मृत्�यु बदला थियो । कलकत्ता को चर्को कमुनिस्ठ भाषाण सांराज्यबादी लाई हजम नहुनु नेपालमा मदन भण्डारीको हत्याको कारक थियो । हत्या लाई लुकाउन अर्को अमर लामाको हत्या । गिर्जाले कमुनिस्ठ मास्न सेना माग्दा नदिनु र राजा बिरेन्द्रको हत्यामा प्रधान मन्त्री पद बाट रजिनामा नदिनु माओवादी जनयुद्ध को अबसर पारेर भारत र अमेरिकि घुस पैठ र बेवी किङ को खोजी। दरबारले बेला बेलामा भाजपा लाई सत्तामा पुर्यायको रिस भारतीय कांग्रेस आई ले पनि दरबार हत्या कान्डमा थापा बल पुरयाको छ । पाकिस्तान मा बेनेजिर को हत्या आदी घटना लाई केलायर हेर्दा मानव अहिले दानवमा परीणत भयको आभास हुन्छ । हत्याको बदला अर्को हत्या राजिव लाई के थाहा रगत ले रगतै माग्छ भन्ने ? उनी आँफै एक जना तामिल महिलाको सिकार बने । यस तथ्यांकले पनि १९८४ देखी यता मानव हत्या अपराध बढेको महसुस हुन्छ । हत्यालाई लुकाउन हत्या गरियको छ । बिरोधि आफ्नै पनि नछोड्ने इन्दिराले संजयको जन्म दिनु पनि मदिरा सेवन गरी यौन तिस्णा मटाउनु सरह थियो । यस्ता नर ह्त्या को प्रभाव नेपाल मा पनि मौलायर गयको छ । जे होस नेपालीले बिदेसिको एउटा चिजको सिको राम्रै गरेका छन ।

Wednesday, November 19, 2008

राजनीति

- ह्स्त गौतम मृदल, भर्जिनिया

सरकार भित्र पातकी पसे पतीत पाराका।
हुर्मत लुटी हैरान पारे जनता साराका।
कोही छन दलाल सिद्धान्तका कोही छन शोषक।
शक्तिको संधै बाँडफाड गर्छन, यी पृष्ट पोषक।
सिमाना देखी अस्मिता सम्म कुल्चदा हास्दै छन।
उसैलाइ सुम्मी राष्टि्रयता सम्बन्ध गास्दै छन।
राष्ट्रका लागी सर्मपित हुने को छर बढेको।
आखिर यहां नेताहरु रहे छनी सडेको।

शक्तिले पेली शत्तामा बस्छन बिर्ता नै ठानेर।
निर्दोष जनता मार्छन यिनै बन्दुगले हानेर।
मुखमा राम राम बगलीमा छुरा बोकेर हिन्दछन।
बिकास जति लिलाम गरी बिकृति किन्दछन।
नक्कली जति सक्कली भए शत्तामा पुगेर।
राष्टि्रयता धरौटी राखे स्वार्थमा म्कुकेर।
लाटा जनता बाठा नेता भाषणमा सिपालु।
आसपासन दिन्छन सजिलैसंग उद्धेय बिषालु।
षडेन्त्रकारी, कपटीहरु श्ात्ताको हानाहान।

देशलाइ आज बर्बाद पारे यीनैले जानाजान।
उद्धेस्य बिहिन दर्शण यिन्को कर्म छ गतिहिन।
नाना थरी भाषण गर्छन आखिरमा मतिहिन।
सकुनी चालमा राजनीति चल्छ माफिया मौलाउछन।
कहिले निकै राम्रो हुन्छन, कहिले बहुलाउछन।
जहिले पनि हुर्मत लुटने सरकारको चलन।
कुन सपुत जन्मी समन गर्ला राष्टको जलन।

मुक्तिको ढोका

- सुनिता गिरी, हङकङ
नोभेम्बर १८, २००८
म एउटा पहाडी जिवनमा हुर्किएकी गाउँले केटी , दुख संग साईनो गासिँदै आए पनि बा आमाले मलाई कक्षा पाँच सम्म अक्षर चिनाउनु भएको थियो।त्यसपछि घरको परिस्थीतिले गर्दा पढने रहरहरु मनको मझेरी भित्रै पोको पारेर राख्नु सिवाय अर्को उपाय थिएन।पल्लो गाउँमा जमिन्दारको घरमा बाखा्र हेर्ने र जुठो भाँडा माझ्न बा ले मलाई बस्तुभाउ झै बर्षको पन्ध्र सयमा बेचिदिनुभएको थियो।मेरो यस्तो दयनिय अबस्था देखेर होला गाउकै एउटी दिदि ले मलाई लुकिछीपी विभिन्न प्रलोभन देखाइ रामा्रे काम खोजीदिने आश्वाशन दिएर त्यस घरबाट भाग्ने सल्लाह दिइन्।मैले पनि दुखको दिन अब हटछ क्यारे भन्न्ो सोचेर उनै दिदीले भने बमोजिम गर्नै निर्णय सोचँे।उनले भनेकी थिइन माइली अर्काको जुठो भाँडा माझेर त्यति जाबो पन्ध्रसय ले के गर्छेस , बरु इन्डियामा मेरो छयामाको घर छ त्यहाँ रामा्रे लाउन मिठो खान पाइन्छ , गारो काम केही गर्नु पर्दैन यति मात्रै हो की उनिहरुको एउटै मात्र छोरी छ उसैलाइ स्कुल लैजाने र ल्याउने मात्र हो। महिनाको दुइहजार भारु प्ााउछेस , हामा्रे गाउँमा जस्तो अध्यारो मा बस्नु पर्दैन त्यहाँ त झिलिमिली अग्लो अग्लो घरहरु थुप्रै मोटरगाडी हेर्न पाइन्छ, चढन पाइन्छ भनेर मलाइ फकाएको थिइन्।मैले पनि मिठो सुनौलो सपना मन भरी पालेर एकदिन जमिन्दारको घरबाट झमक्कै साझँ परेको बेला उनै दिदीको पछि लागेर भागेँ। मलाई मिठो मिठो खुवाउदै बस अनि रेलगाडीमा चढाएर इन्डिया पुराइयो।रेलबाट उत्रे पछि एउटा पसलमा पसेर भारु पाँचसयमा अर्धनग्न कपडा किनेर त्यँही लगाउन आग्रह गरीन तर मैले आनाकानी गरेको देखेर उनले मलाइ माइली यहाँको चलननै यस्तै छ , यहाँ गाउले लुगाएर हिड्यो भने त सारैनै खिसी गर्छन। यो त शहर हो मोरी भन्दै ढाडमा ढाडस दिदै सुम्सुमाइन्।

म गाउँले पाखेलाइ के थाहा यस्तै नै होला भनेर लगाएँ।तर आफँुलाइ आफुँ देखि सरम लागेर भुतुक्कै भए ँ।त्यस पछि टयाक्सी गल्ली हुदै गुडीरह्यो अनि निकै पर गएर रोकियो।त्यस पछि एउटा घरमा आधा हिन्दी आधा नेपाली बोल्ने आइमाइ संग परीचय गराइयो। मैले दीदीको छ्यामा नै होला भनेर नमस्कार गरेँ। केहि छिन पछि मलाइ एक्लै छाडेर उनीहरु अर्कै कोठामा गएर गफ गर्दै रक्सीको खाएको ले होला बाहिर सम्म गन्ध आएको थियो। निकै बेरको भलाकुसारी पछि मलाइ लैजाने दिदीले तिमी एकछिन यहि बस्दै गर म छिटै साथी भेटेर आइहाल्छुभनेर फुत्त बाहिर निस्कीन्।दीदी गए पछि मलाइ त्यो आइमाइले अर्कै कोठामा लगी र यही बस् भनि। कोठा निष्पट थियो बत्ती छामछुम गर्दै खोजेँ डराइ डराइ बालेँ।उज्यालो प्रकाशले कोठा झलमल्ल भएपनी भित्तामा टासीएका नग्न तस्वीरहरु ले मलाइ फन्फनी रिङगटा चल्यो।

बाहिर भाग्न खोजेँ तर त्यो रुष्ट आइमाइ छ्यामा नभएर कोठीको दलाली रहेछ म त पैसामा पो बिक्री भएको रहेछु। मलाइ त्यसले घोक्राएर भित्र धकेली।मैले बा आमा भाइबैनी ,गाउको साथी इष्टमीत्र,डाँडाभरी फूलेको लालीगुराँस , चाप , सुनाखरी,लालुपाते, तरेली परेका पाखाहरु सम्झीएँ , चादीझै टल्केको म जस्तै चोखो हिमाल सम्झीएँ ,स्कुल पढदा ,सीता ,साबित्री झृकुटी जस्ता नारी जन्मेको मातृभुमी देश नेपाल सम्झीएँ तर नारीकै नाममा यस्तो कलङक नारी कठोर मन किन जन्म दिएको होला भनेर नेपालआमा संग मन दुखाएँ र आशुँ झारेँ। अर्काको पछी लागेर धनको लोभमा अन्धो भएर हीड्दा आफैले गोता खाएकोमा खुब रोएँ रुदारुदै थाकेर बसेको ठाउमा नै निदाएछु त्यसको आधा घन्टा पछि बाहिर कोही आएको आवाजले म झस्कीएँ। यसो ढोेका तर्फ के हेरेको थिएँ एउटा डर लाग्दो कालो भुस्तीघ्रे मान्छे ले म भए तिर गीद्दले जस्तै हरेको थियो।खै के के भन्दै उसकै भाषामा ब्यागबाट निकै भारु नोटहरु निकालेर त्यही रुष्ट आइमाइ भए तिर लम्कियो मैले नानाभाती सोचेँ र ढोकाको चुकुल बलियो लगाएँ , यो बस्ने ठाउँ रहेनछ यो राक्षसको खेलौना भएर जीउनु भन्दा मर्नु नै उत्तम सम्झीएँ। आफनो अस्मीता जोगाउन मैले त्यो मान्छे आउनु भन्दा पहीले घाँटीमा पासो बाँधेर आत्महत्या गर्ने निर्णयका साथ्ा आफनै पटुकाको साथ मागेँ र श्रृटीर्कता परमेश्वरलाइ प्रणाम गरी सबैको मायालाइ सम्झदै सदा सदाका लागी मुिक्त पाउनका लागी य्.त्र्घाटीको पासो कसिदै गयो शान्तिको बाटो खुल्दै गयो ,मुक्तिको ढोका उध्रदै गयो

Saturday, November 15, 2008

कतारदेखि मलेसियासम्म

बिनोद खड्का, दोहा, कतार

२१ अप्रिल २००८ को बिहानै उड्ने उडान भएकोले गतेका हिसाबले २० अप्रिल २००८ को रातको समयमै दोहा विमानस्थल पुगिसकेको थिए। कतारमै कार्यरत ईन्जिनियर मित्र मिन बहादुर खत्रीले उनकै कारमा विमानस्थलसम्म लगिदिएका थिए। जहाजमा सिट खाली नै भएकोले स्टायण्डबाई टिकट भएको भएता पनि जानेबित्तिकै बोर्डिग पास पाईयो। एयरपोर्टमा साथै थिए एयरपोर्टमै कार्यरत दीपक पुडासैनीभाई। उनको विमानस्थलकै रात्री ड्युटी भएकोले जहाजमा प्रवेस गर्नु पूर्वको झण्डै डेढ घण्टा समय बिताउनको लागी समस्या हुनेवाला थिएन। नत्रभने यो मध्यरातको उडान उसमाथी साथमा परिचित साथी नहुनु साह्ै नीरस र पट्यार लाग्दो हुने गर्छ जहाजमा प्रवेस गर्नु अघिको समय बिताउनको लागी। जहाजभित्र प्रवेस गरेपछि त के भो र मजासंग निदाए भई हाल्छ। दीपकभाईसंग बसेर गफका साथमा एक एक कप चिया पनि पिईयो। यसोउसो गर्दागर्दै जहाजमा प्रवेश गर्ने समय भइहाल्यो। पुरै अपरिचित यात्रुहरु थिए। त्यहाँ कोही नेपाली जस्तो देखिने अनुहार पनि थिएन। अन्य यात्रुहरुका साथसाथै जहाज चढियो। जहाजले दोहा विमानस्थल छोड्दा बिहानको सबा एक जति बजेको थियो। जहाजले मध्यरात्रीको अँधकारलाई चीर्दै अरेबियन सागरको माथि माथि हँुदै पूर्वी आकाश पकडियो। जति जति पूर्व लाग्यो जहाजको सानो झयालबाट उज्यालो हुन लागेको आकाश प्रतित हुनथ्यो। तर जे भएपनि म भने जहाजभित्रको खाना कार्यक्रम समाप्त हुने वित्तिकै निन्द्रादेवीको काखमा गई हाले। पहिला पहिला यात्रा गर्दा त झयालबाट बाहिरको द्दश्य सकि नसकि हेर्ने उत्सुकताले निन्द्रा नै गायब हुनथ्यो। तर आजभोली जहाजमा निदाएर समय पास गर्नु नै उचित लाग्छ। त्यसैले म त भुसुक्कै पो निदाए छु त। क्याप्टेनको जहाज अवतरणको लागी डिसेन्ड हुदैछ भन्ने उदघोष पछि पो एकै पटक ब्युझेछु त।

यात्रा छोटो थियो। जानु एक दिन आउँनु एक दिन, बीचमा एक दिन तालिम। तैपनि नगएको देशमा पहिलो पटक जाँदा रमाईलो नै हुन्छ। मलेसियाको राजधानी क्वालालम्पुरको अन्तर्राष्टि्र्य विमानस्थलमा विमान अवतरण गर्दा मलेसियाका समय अनुसार दिनको झण्डै २ बजिसकेको थियो। झण्डै साँढे सात घण्टाको उडानपछि मलेसियामाथीको आकासमा जहाज उड्दै गर्दा तलतिर देखिने हरियालीपूर्ण संसारले रमाईलो महशुस हुनथ्यो। ठूला ठूला विमानस्थलहरुमा जहाजबाट ओर्लेपछि अध्यागमनसम्म पुग्न त्यत्ति गाह्ो पर्दैन। संकेत चिन्ह पछयाउदै गएपछि ठ्याक्कै पुगिन्छ। यो विमानस्थलमा चाही अध्यागमन अर्को बिल्डिंगमा भएकोले अटो ट्रेनमा जानु पर्दोरहेछ। अध्यागमन अगाडीको लाईनमा बसेका आगन्तुकहरुका भीडका हिसाबले र लस्करै रहेका अध्यागमनका थुप्रैे डेस्कहरुले यो पनि व्यस्त विमानस्थल नै हो भन्ने प्रतित गराउथ्यो।

अध्यागमनको काम सकेर आफनो सुटकेस समातेपछि मलेसियन सहकर्मी फियोनले दिएको जानकारी अनुसार म सिधै लिमोजिन बुकिंग काउन्टरमा गए र लिमोजिन बुक गरे करिबन ७० मलेसियन रिंगिट तिर्ने गरेर। सफा र चिटिक्क परेको लिमोजिनले तिव्र गतिमा शहरतिरको यात्रा शुरु गर्यो। मरुभूमिको शहरबाट गएको मान्छेलाई सडक वरिपरिको हरियाली र पर पर देखिने पहाड औधि रमाईलो पो लाग्दो रहेछ त। झण्डै एक घण्टाको तिव्र कुदाईपछि कार मेरो बुकिंग भएको होटल हाईड्र्ो म्याजेस्टिक क्वालालम्पुर (नोभोटेल) को प्रागंणमा पुगेर रोकियो। होटलको चेक ईन सकेर रुममा पुग्दा झण्डै दिनको ४ बजिसकेको थियो।

कम्पनीले नै होटेल बुकिंग गरिदिने र त्यो पनि स्टार होटेलमा गरिदिने, एयरपोर्ट र होटेलबिचको यातायात खर्च पनि भरिदिने हुनाले यहाँको कम्पनीबाट अफिसियल काममा विदेश यात्रामा निक्लदा हामी कर्मचारीहरुले कुनै अपठ्याराहरु भोग्नु पर्दैन। खाना खर्च पनि मनग्गे नै दिएको हुन्छ। त्यसैले कसले वास देला कता वास पाईएला र खर्च पुग्ला नपुग्ला कति बचाउन सकिएला भनेर कुनै चिन्ता नै गर्नु पर्दैन।

होटेलका झयालबाट शहरको पर पर सम्मका सुन्दर द्धष्यहरु देख्न सकिनथ्यो। द्धष्यहरु कैद गर्नको लागि मेरो नोकिया मोबाईल एन ७३ को क्यामेराले काम पाईहाल्यो। मैले होटेलको झयालबाट भेटेसम्मका फोटोहरु खिचे। यसैबिच मैले हाम्रो स्थानिय कार्यालयकी सहकर्मी फियोनलाई फोन गरे। तर तिनी मिटिंगमा भएको जानकारी पाए। त्यसपछि मैले मेरा पुराना मित्र युवराज अधिकारीलाई फोन सम्पर्क गरे। उनी बंैकमा कुनै काममा व्यस्त रहेछन। कल व्याक गर्ने जानकारी दिए उनले।

मलाई यो क्वालालम्पुरको सडकमा हिड्ने रहरहरु पलाएको थियो। तर फोन पर्खनु पनि वाध्यता थियो। म प्रतिक्षारत थिए साथीहरुको फोनको। मलाई एकातिर मेरा रहरहरुले धकेलीरहेको थियो भने अर्कोतिर साथीहरुको कलको प्रतिक्षा गर्नुको विकल्प पनि थिएन। मेरा लागी पहिलो कुरा मेरो भोली तालिम संचालन हुने होटेल मेण्डारिन ओरिएन्टल होटेलको स्थान पत्ता लगाउनु थियो। यद्यपि मलाई दिएको पूर्व सूचना अनुसार यो तालिम संचालन हुने होटेल म बसेको होटेलवाट पैदल दुरीमा नै छ भन्ने थाहा थियो तर दिशा पत्ता लगाउनु भने जरुरी थियो।

केही समयपछि मित्र युवराज आईपुगे। उनका साथमा थिए बिजु मुखिया जो बताइए अनुसार त्यहँा अध्ययनको सिलसिलामा रहेका थिए। हामीहरु सिधै टिवन टावरतिर लाग्यौ जो यहाँको मात्र नभई विश्वमा नै पेट््रोनास टिवन टावरको नामले पनि चर्चित छ। बाटोमा नै पर्दोरहेछ मेण्डारिन ओरिएन्टल होटेल, यो होटेल पत्ता लगाउने काम पनि पुरा भयो। हामी करिबन १० मिनेटमा नै पेट््रोनास टिवन टावर परिसरमा पुगिसकेका थियौं। ८८ तलाको यो टावर निश्चय नै विशाल थियो जहाँ चढ्नको लागी सुने अनुसार प्रतिदिन १ हजार भिजिटरहरुलाई मात्र अनुमती दिईन्छ। सुने अनुसार निश्चित तलासम्म मात्र भ्रमण गर्न पाईन्छ। त्यसकारण यसमा जाने कुरा समयका हिसाबले मेरा लागी सम्भव थिएन। टावरहरुको तल्लो भागमा सुरिया केएलसिसि सपिंग कम्पलेक्स रहेछ। टावरहरुको तलपटिृ करिबन १७ एकड जमिनमा फैलिएको छ केएलसिसि गार्डेन र गार्डेनमा रहेको छ सुन्दर र सफा पोखरी र पोखरीको बिचमा पानीमा कृत्रिम फोहराहरुको व्यवस्था गरिएको रहेछ। यीनै फोहराहरुमा लाईटिंगको व्यवस्था गरिएको रहेछ जुन रातको समयमा असाध्यै आकर्षक देखिनथ्यो। सन १९९२ मा निर्माण शुरु भएर सन १९९८ मा पुरा भएका यी टावरहरु सन १९९८ देखि २००४ सम्म संसारकै सबभन्दा अग्लो टावर कहलिएका थिए। २ टावरहरुको ४१औं र ४२औं तलाहरुलाई जोड्ने गरी बनाइएको पुल यसको थप आकर्षण हो। टावर वरीपरी घुम्ने र केएलसिसि गार्डेनमा फोटोहरु लिने कार्यक्रम भयो। टावरको तलपटिृ पोखरीको डिलमा भर्खरै सम्पन्न भएको संगित कार्यक्रमको झलक देख्न सकिनथ्यो जुन कार्यक्रम बेईजिंग ओलम्पिकको टर्च बाहकहरुको स्वागतमा गरिएको बुझिनथ्यो।


एभतचयलबक त्धष्ल त्यधभचक धभचभ तजभ धयचमिुक तबििभकत दगष्मिष्लनक ाचय्क ज्ञढढड तय द्दण्ण्द्ध।
फोटो साभार स् विकिपेडिया डट ओआरजि

आजभोली मध्यपूर्वका तेल निर्यातक मुलुकहरुमा विशालकाय टावरहरु निर्माण गर्ने होड चलेको भएता पनि क्वालालम्पुरको पेट््रोनास टिवन टावर पनि भनिने यी टिव्न टावरहरु निश्चय पनि पर्यटक र आगन्तुकहरुका लागी सुँन्दर र आकषर्णका केन्द्र बिन्दु झै लाग्दथे। युवराजजीले बोलाएको गाडीले आउँन निकै समय लगाएको र हामीसंग समय पनि कम भएकोले नेपाली रेष्टुरामा गएर रात्री खाना खाने कार्यक्रम रद्ध भई अब वसबाट नै हामीहरु उनकै आवासतिर लाग्यौ। युवराजजीको आवासमा सन्जयभाईले बनाएको स्वादिष्ट खानाले नेपालमा घरमै खाने गरेको खानाको याद दिलायो।

भोलिपल्ट बिहान ८ बज्न लागेको थियो। म होटेलबाट निक्लन तयार भईसकेको थिए। मैले सोचे तालिम केन्द त ९ बजे त पुग्ने हो पहिले स्थानिय कार्यालयमा गई साथीहरुसंग भेटघाट गर्नु पर्यो। फेरी के सोचे एकपटक तालिमस्थलमा फोन गर्नु पर्यो भनेर गरेको त भन्छ तालिम शुरु भईसक्यो रे। मैले तुरुन्तै कार्यक्रम परिवर्तन गरी तालिम केन्द रहेको होटेल मेण्डारिन ओरिएण्टलतिर हतार हतार लागिहाले। कडा सुरक्षा व्यवस्था भएको यो होटेलमा अन्य थुपै कार्यकमहरु संचालन भईरहेका देखिन्थे। मलाई आफनो तालिम कक्ष पत्ता लगायन त्यत्ति गाह्ो परेन। भीड भाड देखिने त्यो तलामा थुपै अन्य कार्यकमहरु संचालन भईरहेका देखिन्थे। पर्यटन क्षेत्रसंग सम्बद्द व्यक्ति भएकोले मेरो लागी यी द्दष्य कुनै नयाँ नभएता पनि मिटिंग, कन्फरेन्स, प्रर्दशनी जस्ता पर्यटनका उत्पादनहरुका सवालमा अरु देशका होटेलहरु भन्दा नेपालका होटेलहरु पछि परेको महशुस हुनु निश्चय पनि सान्दर्भिक थियो।

एउटा अमेरिकी संस्थाले मलेसियामा आयोजना गरेको यो तालिममा विभिन्न देशका कम्पनीहरुका कर्मचारीहरुको प्रतिनिधित्व थियो। मैले कतारको कम्पनीका तर्फवाट भाग लिईरहेको थिए। आयोजक र्संस्थाले सोही होटेलका मार्फत प्रदान गरेको ब्रेकफास्ट, लन्च तथा चिया कफी ब्रेकहरु उत्कृष्ट थियो। यो तालिममा आफनो कम्पनीका तर्फवाट फुर्तिलो सहभागिता जनाउन पाउँदा औधि खुसी लागेको थियो। आयोजक संस्थाका प्रतिनिधिहरुको लागी म र मेरो कम्पनी आर्कषणको केन्द्र बनेको सहजै महशुस हुनथ्यो। यस अर्थमा यो तालिम म र मेरा कम्पनीका लागी पूर्ण रुपले सफल भएको मान्न सकिनथ्यो।

तालिम समापन पछि मलाई आफनो स्थानिय कार्यालय खोज्न ख्याल मूश्किल परेको थिएन। जे होस मैले केही समय भए पनि सहकर्मीहरु फियोन र जुलियासंग भलाकुसारी गर्ने मौका पाएको थिए।

पूर्व निर्धारित कार्यक्रम अनुसार म यतिखेर होेटेलमा बसेर युवराजजीलाई प्रतिक्षा गरिरहेको थिए। हाम्रो वटु केभ जाने कार्यक्रम थियो। साँझको यो समयमा बाहिर पानी परिरहेको थियो। पानी ठूलो पनि थिएन र सानो पनि थिएन। सडकमा सवारी साधनहरु ज्ााममा फसेको प्रष्ट देखिनथ्यो। सायद यही झरीको कारणले होला युवराजजी आउन अलि ढिला भएको। केही समयमा नै युवराजजी र बिजु भाई आईपुगे। हामीहरु भीडभाड सडकबाट यो बढ्दै गएको झरीमा खुल्ला सडकतिर निक्लेर गाडीमा तिव्र वेगका साथ वटु केभतिर लाग्यौं। हामी त्यहाँ पुग्दा मन्दिर परिसरको मूख्यद्दार बन्द गरिनै लागेको थियो। यो रातमा गुफाभित्रको कुमारजीको मन्दिरमा जान सक्ने कुनै सम्भावना नै थिएन। त्यसैले त्यहाँभित्र वरीपरी रहेका मन्दिरहरु र कूमारजीको ठूलो मूर्ती घुम्नुमा नै सिमित रह्यो मेरा चाहनाहरु। सानो पहाडको काखमा रहेको यो धार्मिकस्थल साह्ै सुन्दर देखिनथ्यो।

वटु केभवाट फर्केपछि हामी सिधै आजको लागी बन्द हुनै आटेको एउटा सपिंग सेन्टरमा पस्यौं र केही लत्ता कपडा खरीद गर्यौ। त्यहाँवाट एउटा दालभात पाईने रेष्टुरामा गएर अलिकति खाना खायौ।

म होटेल फर्कदा रातको करीब ११ वजिसकेको थियो। भोली बिहान साढे ३ बजेको उडान भेटृाउन १ बजे एयरपोर्ट पुग्नै पर्यो। एयरपोर्ट पुग्नको लागी टेक्सीमा करिबन १ घण्टा त लाग्दो रहेछ। यसको अर्थ होटेलबाट १२ बजे त हिड्नु परिहाल्यो। बाहिर सिमसिम पानी परिरहेकै थियो। टेक्सीको व्यवस्था अहिल्यै नै गर्नु जरुरी देखिनथ्यो। त्यसैले मैले होटेलको मूख्यद्धारमा बसेर पाहुनाहरुलाई सहयोग र स्वागत गर्ने र आफुलाई नेपाली भन्न रुचाउने तर नेपाल र नेपाली भाषाको सामान्य ज्ञान पनि नभएको (त्यही होटेलमा काम गर्ने एक अर्का नेपालीका अनुसार पनि उँ नेपाली भएको जानकारी नभएको बुझियो ) एउटा केटालाई मलाई सकेसम्म सरल दरमा टेक्सीको व्यवस्था गर्न भने। उसले नभन्दै लागे सक्दो गरेर सरल दरमा नै एउटा टेक्सीको व्यवस्था गरिदियो। प्याकिंग गर्नु त के थियो र सबै ठीकठाक नै थियो।

रातको १२ बजे म होटेलवाट टेक्सीमा एयरपोर्ट हाँनिदा पानी झमझम नै पर्न थालेको थियो। टेक्सी तिव्र गतीमा हुँईकिईरहेको थियो। सडकमा दायाँ बायाँ मोड्दा सडकको पानी पर पर सम्म फालेको सुनिईरहनथ्यो। मनमा डर पनि लागिरहेको थियो र पनि गाडीको गती घटाउन भन्न पनि मन लागिरहेको थिएन। लाग्दथ्यो कि यो आधा रातमा झमझम परिरहेको पानीले चिप्लो भएको सडकमा तिव्र गतिमा गुडिरहेको गाडी दायाँ बायाँ मोड्दा पनि दुर्घटना हुन सक्छ र यदी दुर्घटना भयो भने गाडी सडकबाट बाहिर पुग्ने छ र धेरै बेरसम्म अरुले थाहा नै पाउन सक्ने छैनन। मैले सम्झे जति भगवानको नाम लिए र सकुशल यात्राको लागी प्रार्थना गरिरहे। मनमा अनेक कुराहरु खेल्दा खेल्दै म एयरपोर्टको प्रस्थान कक्षको अगाडी पुगिसकेको थिए र ड््राईभर मलाई गाडीबाट झर्न संकेत गर्दै थियो। मलेसियाबाट मलेसियाको समय अनुसार बिहानकोे करीबन पौने ४ बजेतिर उडेको जहाज एउटा लामो दूरी पार गर्दै कतारको समय अनुसार बिहान ६ बजेतिर दोहा अर्न्तराष्टि्र्य विमानस्थलमा उत्रिएको थियो।

मलेसियाको यो छोटो र संक्षिप्त भ्रमण मैले सोचे भन्दा बेग्लै र राम्रो थियो। धेरै पटक सिंगापुर पुगे पनि सिंगापुरसंगै टाँसिएको यो मुलुक पहिलो पटक पुगिएको हो। सोचेभन्दा धेरै राम्रो रहेछ यो देश। पूर्ण विकसित एयरपोर्ट, सडकहरु, अग्ला भवनहरु, हरियाली सबै देख्न सकिदो रहेछ।

दोहा फर्केकै दिन मैले मेरो नोकिया मोवाईलको क्यामेरामा रहेको फोटोहरु डाउनलोड गर्न थाले। मलाई केही समय कोठामा विश्राम गरेर अफिस पनि जानु थियो र साथसाथै मलेशियामा कैद गरिएका तस्विरहरु हेर्न पनि त्यत्तिकै उत्सुकता जागि रहेको थियो। त्यसैले ल्यापटप खोलेर फोटो डाउनलोड गर्न थालिहाले। डाउनलोडिंगका क्रममा कम्पुटरले मोवाईलवाट ट््रान्सफर भएको फोटोहरु मोवाईलमा डिलिट गर्ने हो भनेर सोध्यो मैले हतारमा एस थिचिदिए। डाउनलोड पुरा भयो। मैले ल्यापटपको फोल्डरमा गएर फोटो खोलेको त त्यहाँ त एउटै पनि फोटो थिएन। मोवाईलमा फर्केर हेर्दा त्यसमा पनि एउटा पनि फोटो थिएन। मलाई साह्ै दिक्क लाग्यो। मलाई अरु भन्दा पनि पेट््रोनास टिवन टावरको छेउछाउ र वटु केभमा खिचिएका फोटोहरु हराएकामा असाध्यै दूख लागेको थियो। पछि मित्र युवराजले उनको एन ७३ मोवाईलमा खिचिएका केही तस्विरहरु पठाईदिएपछि भने केही आनन्दी मिलेको थियो। हतपतको काम लतपत भनेको यही रहेछ। यो मेरो जीवनमा अविस्मरणिय घटना र भविष्यको लागि एउटा राम्रो पाठ भएको छ।