Wednesday, November 19, 2008

मुक्तिको ढोका

- सुनिता गिरी, हङकङ
नोभेम्बर १८, २००८
म एउटा पहाडी जिवनमा हुर्किएकी गाउँले केटी , दुख संग साईनो गासिँदै आए पनि बा आमाले मलाई कक्षा पाँच सम्म अक्षर चिनाउनु भएको थियो।त्यसपछि घरको परिस्थीतिले गर्दा पढने रहरहरु मनको मझेरी भित्रै पोको पारेर राख्नु सिवाय अर्को उपाय थिएन।पल्लो गाउँमा जमिन्दारको घरमा बाखा्र हेर्ने र जुठो भाँडा माझ्न बा ले मलाई बस्तुभाउ झै बर्षको पन्ध्र सयमा बेचिदिनुभएको थियो।मेरो यस्तो दयनिय अबस्था देखेर होला गाउकै एउटी दिदि ले मलाई लुकिछीपी विभिन्न प्रलोभन देखाइ रामा्रे काम खोजीदिने आश्वाशन दिएर त्यस घरबाट भाग्ने सल्लाह दिइन्।मैले पनि दुखको दिन अब हटछ क्यारे भन्न्ो सोचेर उनै दिदीले भने बमोजिम गर्नै निर्णय सोचँे।उनले भनेकी थिइन माइली अर्काको जुठो भाँडा माझेर त्यति जाबो पन्ध्रसय ले के गर्छेस , बरु इन्डियामा मेरो छयामाको घर छ त्यहाँ रामा्रे लाउन मिठो खान पाइन्छ , गारो काम केही गर्नु पर्दैन यति मात्रै हो की उनिहरुको एउटै मात्र छोरी छ उसैलाइ स्कुल लैजाने र ल्याउने मात्र हो। महिनाको दुइहजार भारु प्ााउछेस , हामा्रे गाउँमा जस्तो अध्यारो मा बस्नु पर्दैन त्यहाँ त झिलिमिली अग्लो अग्लो घरहरु थुप्रै मोटरगाडी हेर्न पाइन्छ, चढन पाइन्छ भनेर मलाइ फकाएको थिइन्।मैले पनि मिठो सुनौलो सपना मन भरी पालेर एकदिन जमिन्दारको घरबाट झमक्कै साझँ परेको बेला उनै दिदीको पछि लागेर भागेँ। मलाई मिठो मिठो खुवाउदै बस अनि रेलगाडीमा चढाएर इन्डिया पुराइयो।रेलबाट उत्रे पछि एउटा पसलमा पसेर भारु पाँचसयमा अर्धनग्न कपडा किनेर त्यँही लगाउन आग्रह गरीन तर मैले आनाकानी गरेको देखेर उनले मलाइ माइली यहाँको चलननै यस्तै छ , यहाँ गाउले लुगाएर हिड्यो भने त सारैनै खिसी गर्छन। यो त शहर हो मोरी भन्दै ढाडमा ढाडस दिदै सुम्सुमाइन्।

म गाउँले पाखेलाइ के थाहा यस्तै नै होला भनेर लगाएँ।तर आफँुलाइ आफुँ देखि सरम लागेर भुतुक्कै भए ँ।त्यस पछि टयाक्सी गल्ली हुदै गुडीरह्यो अनि निकै पर गएर रोकियो।त्यस पछि एउटा घरमा आधा हिन्दी आधा नेपाली बोल्ने आइमाइ संग परीचय गराइयो। मैले दीदीको छ्यामा नै होला भनेर नमस्कार गरेँ। केहि छिन पछि मलाइ एक्लै छाडेर उनीहरु अर्कै कोठामा गएर गफ गर्दै रक्सीको खाएको ले होला बाहिर सम्म गन्ध आएको थियो। निकै बेरको भलाकुसारी पछि मलाइ लैजाने दिदीले तिमी एकछिन यहि बस्दै गर म छिटै साथी भेटेर आइहाल्छुभनेर फुत्त बाहिर निस्कीन्।दीदी गए पछि मलाइ त्यो आइमाइले अर्कै कोठामा लगी र यही बस् भनि। कोठा निष्पट थियो बत्ती छामछुम गर्दै खोजेँ डराइ डराइ बालेँ।उज्यालो प्रकाशले कोठा झलमल्ल भएपनी भित्तामा टासीएका नग्न तस्वीरहरु ले मलाइ फन्फनी रिङगटा चल्यो।

बाहिर भाग्न खोजेँ तर त्यो रुष्ट आइमाइ छ्यामा नभएर कोठीको दलाली रहेछ म त पैसामा पो बिक्री भएको रहेछु। मलाइ त्यसले घोक्राएर भित्र धकेली।मैले बा आमा भाइबैनी ,गाउको साथी इष्टमीत्र,डाँडाभरी फूलेको लालीगुराँस , चाप , सुनाखरी,लालुपाते, तरेली परेका पाखाहरु सम्झीएँ , चादीझै टल्केको म जस्तै चोखो हिमाल सम्झीएँ ,स्कुल पढदा ,सीता ,साबित्री झृकुटी जस्ता नारी जन्मेको मातृभुमी देश नेपाल सम्झीएँ तर नारीकै नाममा यस्तो कलङक नारी कठोर मन किन जन्म दिएको होला भनेर नेपालआमा संग मन दुखाएँ र आशुँ झारेँ। अर्काको पछी लागेर धनको लोभमा अन्धो भएर हीड्दा आफैले गोता खाएकोमा खुब रोएँ रुदारुदै थाकेर बसेको ठाउमा नै निदाएछु त्यसको आधा घन्टा पछि बाहिर कोही आएको आवाजले म झस्कीएँ। यसो ढोेका तर्फ के हेरेको थिएँ एउटा डर लाग्दो कालो भुस्तीघ्रे मान्छे ले म भए तिर गीद्दले जस्तै हरेको थियो।खै के के भन्दै उसकै भाषामा ब्यागबाट निकै भारु नोटहरु निकालेर त्यही रुष्ट आइमाइ भए तिर लम्कियो मैले नानाभाती सोचेँ र ढोकाको चुकुल बलियो लगाएँ , यो बस्ने ठाउँ रहेनछ यो राक्षसको खेलौना भएर जीउनु भन्दा मर्नु नै उत्तम सम्झीएँ। आफनो अस्मीता जोगाउन मैले त्यो मान्छे आउनु भन्दा पहीले घाँटीमा पासो बाँधेर आत्महत्या गर्ने निर्णयका साथ्ा आफनै पटुकाको साथ मागेँ र श्रृटीर्कता परमेश्वरलाइ प्रणाम गरी सबैको मायालाइ सम्झदै सदा सदाका लागी मुिक्त पाउनका लागी य्.त्र्घाटीको पासो कसिदै गयो शान्तिको बाटो खुल्दै गयो ,मुक्तिको ढोका उध्रदै गयो

No comments: