Wednesday, November 12, 2008

भट्ट र मकै संग महिको स्वाद बेग्लै हुन्छ

पुरुषोत्तम सुबेदी, बेल्जियम
नोभेम्बर १०, २००८

उकाली ओरलीको थकान -खाजाको साटो भट्ट र मकै संग महिको स्वाद बेग्लै हुन्छ ।

दसैं तिहार चाड पर्वमा रमाइ -तौले -लिंगे-रिङटे पिङमा मच्चिनुको स्वाद बेग्लै हुन्छ ।।

भरी घांसको डोको चौपारिको बिस्राम-पिपल पातको आवाजमा गायको गीतको स्वाद बेग्लै हुन्छ

सक्रांन्तिको मेला भेट भयको बेला-कौरा रोधी सालैजो र मादल मुर्चुङगा संग तरुलको स्वाद बेग्लै हुन्छ ।।

सासकले जनताको लागि-सान्ती र जन जिविकाको ग्यारेन्टिका लागि गरेको पहलको स्वाद बेग्लै हुन्छ ।

दियर खाने - बोलायर हास्ने - बिवेकी मनको समाज मा बाच्नुको स्वाद बेग्लै हुन्छ ।।

होली पर्वमा बर्षउ बन्द बोलचाल-रातो अबिर लगाइ बोली फुकाउने दुई मित्रको मिलनको स्वाद बेग्लै हुन्छ ।

जवानीको उमङग संगै संस्कार र संस्कृतिको जनाउ दिने-पहिरन र पोसाक को स्वाद बेग्लै हुन्छ ।।

सुशासन भ्रस्टचार रहित नेपाली समाजमा -नेता हुनुको स्वाद बेग्लै हुन्छ ।

लुट घुसखोरी तस्करी गुण्डागर्दी - बेईमानीहरुको समाजमा राग बेग्लै हुन्छ ।।

मुर्ख र गुण्डा बिच बलत्क्रित -एउटा म्रित आत्मा संग आउने काल बेग्लै हुन्छ ।

लोक लाई हजम नहुने संकार संग मेल नखाने - गीत संगितको ताल बेग्लै हुन्छ ।।

मनमा छुरा बोकी नक्कली साईनो संग मडारिने -सेलफिसको बोली बेग्लै हुन्छ ।

सामन्ती प्रब्रितीको फटाहा अल्छि मानिस - समाजमा सधैं एक्लै हुन्छ ।।

प्यासले तिर्खायको पल -कुवा झरनाको पानी अन्जुलीको सुर्की को स्वाद बेग्लै हुन्छ ।

संगै बाच्ने संगै मर्ने वाचामा - बांधीएको दुई मुटुको जिवनमा बाच्नुको स्वाद बेग्लै हुन्छ ।।

No comments: